विल्सनविक्रम राईको ग्याङ

- साप्ताहिक संवाददाता

जेष्ठ ११, २०७४- 

उहिलेको ग्याङ

सानो छँदा घरमा मेरो एउटा ग्याङ थियो भने स्कुलमा अर्को । घरमा भएको ग्याङमा हामीमा छ रुपैयाँ हुनेले दिने र नहुनेले घरबाट आलु, चामल ल्याउनुपथ्र्यो । ती सबै कुरा बटुलेर हामी घरपछाडि पिकनिक खान्थ्यौं । उक्त ग्याङका रहेका सरोज, सुजल, विक्की अहिले कता छन् कता ? स्कुलको मेरो ग्याङमा पिटर गुरुङ, अजय श्रेष्ठ, प्रेम राजवंशी, गोपाल ओडारी, सुरेन्द्र पाण्डे, रत्न शिवाकोटी सबै होस्टेलमा बस्थे । म मात्र त्यो ग्याङमा डे स्कलर थिएँ । स्कुलमा दिइएको अन्डा, मासु, आलुको भुजिया कागजमा पोको पारेर उनीहरू मलाई ख्वाउँथे भने म घरबाट लगेको टिफिन उनीहरूलाई ख्वाउँथे । भोजजस्तै हुन्थ्यो । अहिले ती साथीहरूमध्ये सबैजसो बेलायत, अस्ट्रेलिया तथा अमेरिका छन् ।

 

अहिलेको ग्याङ

अहिले मेरो ग्याङको नाम मैले ‘पुकुले ग्याङ’ राखेको छु, जसमा संयम पुरी, गौरव पहारी तथा योदिन लिम्बू छन् । कतै जाँदा मलाई एयरपोर्ट छोड्न र लिन आउने पनि यिनीहरू नै हुन्छन् । काठमाडौंमा हुँदा हामी सबै मस्ती गर्छौं । हामी सबै मेरो फ्ल्याटमा रमाइलो गर्छौं, घुम्न जान्छौं ।

मेरो ग्याङका अग्रज सदस्य गौरव दाइ हो । गौरव पहारीको एउटा बानी खराब छ । बिहान ५ बजे सुते पनि ८ बजे उठिहाल्ने र अरूलाई डिस्टर्ब गर्ने । अनि ‘फोहोरी केटा’ का रूपमा चिनिएका गौरवलाई कोठा भने सफा चाहिन्छ ।

 

संयम र मेरो उद्देश्यचाहिँ विभिन्न हरकत गरेर योदिनलाई सताउनु रहन्छ । एकपटक योदिनको फेसबुक पासवर्ड पत्ता लगाएर ‘म पोखरामा छु, आईएम इन लभ–बुवा’ भनेर उसको बाबा निर्देशक सुरज सुब्बा नाल्बोलाई ट्याग गर्देको, योदिन मस्त सुतिरहेको थियो, उसको बाबाको फोन आयो र हकार्दै बाबाले उसलाई ‘काठमाडौं कहिले आउँछस्, तँसँग कुरा गर्नु छ’ भन्नुभएछ । यस्ता रमाइलो निकै गर्छांैं हामी । देशबाहिर जाँदाचाहिँ आई मिस माई ‘पुकुले ग्याङ’ ।

प्रकाशित :जेष्ठ ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्