निरुताको खिचडी

- साप्ताहिक संवाददाता

जेष्ठ ११, २०७४-

अभिनेत्री निरुता सिंह नेपाली चलचित्रबाट टाढिएको वर्षौं भयो । नेपाली चलचित्रलाई चटक्कै माया मारेर मुम्बई पुगेकी निरुता यदाकदा काठमाडौं झुल्किए पनि चलचित्र क्षेत्रबाट टाढै बस्छिन् । अघिल्लो वर्ष सिक्किममा सम्पन्न एउटा एवार्डमा छाएकी निरुताले पछिल्लो साता इन्स्टाग्राममा आफ्ना केही तस्बिर अपलोड गर्दै आफ्ना प्रशंसकहरूलाई आश्चर्यमा पारेकी छिन् । उनका ती तस्बिर देखेर चलचित्रकर्मीहरू पनि अचम्मित भए । तस्बिरमा निरुतालाई बलिउड अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडासँग देख्न सकिन्छ । मधु फिल्म निर्माण गर्ने संस्थाकी प्रमुख हुन् । निरुताले अपलोड गरेका तस्बिरमा दुवैको हाउभाउ देख्दा लाग्छ, यो सम्बन्ध निकै पुरानो तथा गहिरो छ । क्षेत्रिय भाषाका चलचित्र निर्माण गरिरहेकी प्रियंकाकी आमासँग निरुताको निकटताले उनको अभिनयमा पुनरागमनको संकेतसमेत गरेको छ, तर यस विषयमा निरुता स्वयंले भने अहिलेसम्म मुख खोलेकी छैनन् ।

 

प्रकाशित :जेष्ठ ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्