टुंगियो शीतयुद्ध

- साप्ताहिक संवाददाता

जेष्ठ १०, २०७४-

आर्यन सिग्देल केही समययता सुस्ताएका थिए । उनको हातमा कुनै चलचित्र थिएन । अफर आएका चलचित्रमा पनि काम गर्न नचाहेका आर्यन राम्रो र चर्चामा आउन सकिने चलचित्रको खोजीमा थिए । यसबीच रेखा थापाले निर्देशक तथा अभिनेताद्वय सुदर्शन थापा र अर्पण थापालाई मुख्य भूमिकामा लिएर चलचित्र ‘रुद्रप्रिया’ घोषणा गरेकी थिइन् । समय अभावको कारण देखाउँदै सुदर्शन र अर्पण ‘रुद्रप्रिया’बाट अलग भए । रेखालाई त्यो भूमिकामा कुनै ‘ड्यासिङ हिरो’को आवश्यकता थियो ।

 

सात वर्षअघि बोलीचाली बन्द भएका आर्यन सिग्देल उक्त भूमिकामा सुहाउने देखियो । रेखालाई एउटा सुपरहिट चलचित्र चाहिएको अवस्था छ भने आर्यनको पनि लगभग त्यही स्थिति छ । अन्तत: पुरानो झैझगडा अथवा मनोमालिन्यलाई बिर्सेर आर्यन र रेखाले अँगालो मारेका छन् । त्यसको अर्थ कुनै बेला एकपछि अर्को सफल चलचित्र दिएको रेखा र आर्यनको जोडीलाई सात वर्षपछि दर्शकले फेरि एकपटक हेर्न पाउने छन् ।

प्रकाशित :जेष्ठ १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्