कतिले क्रिकेट सिकेका छन् ?

- साप्ताहिक संवाददाता

जेष्ठ १०, २०७४- 

ज्ञानेन्द्र मल्लको परिचय नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा मात्र सीमित छैन । मल्ल र उनको समूहले सानेपामा काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टर पनि चलाइरहेको छ । यसले धेरैलाई क्रिकेट प्रशिक्षणको अवसर पनि जुटाएको छ । अहिले काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टरले नेपाली क्रिकेटमै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपको इभेन्ट म्यानेजमेन्ट पनि गर्दैछ । यसै विषयमा केन्द्रित रहेर मल्लसँग साप्ताहिकको पाँच प्रश्न :

 

प्रधानमन्त्री कपमा काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टरको भूमिका के हो ?

हामी प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टको भूमिकामा हुनेछौं । यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदकै हो, अहिले यसलाई सञ्चालन गर्ने नेपाल क्रिकेट संघ नभएको अवस्थामा हामीले अवसर प्राप्त गरेका हौं ।

 

यस्तै इभेन्ट म्यानेजमेन्टको यसअघिका अनुभव कस्ता छन् ?

हामीले दुई संस्करणको रुस्लान कप सञ्चालन गरिसकेका छौं । हामीले दुई पटक कर्पाेरेट क्रिकेट पनि सञ्चालन गर्‍यौं । उमेर समूहमा पनि क्रिकेट प्रतियोगिता आयोजना गरेका छौं । त्यति मात्र होइन, विदेशबाट आएका टिमलाई काठमाडौंमा खेल्न सहजीकरण समेत गर्दै आएका छौं ।

 

काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टरले खासमा के काम गर्छ ?

काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टर स्थापना भएको १० वर्ष पुग्दैछ । हामी यो खेलमा रुचि राख्नेहरूका लागि अभ्यासको व्यवस्था गर्छौं ।

 

प्रशिक्षकमा को–को छन् ?

प्रशिक्षकका रूपमा म आफैं सहभागी हुन्छु । सुधीर महर्जन, मन्जुर आलम, महेश क्षेत्री, नरेश बुढाऐर तथा मनोज कटुवालले पनि प्रशिक्षणको भूमिका निर्वाह गर्छन् ।

 

यो सेन्टरमा अहिलेसम्म कतिले क्रिकेट सिकेका छन् ?

काठमाडौं क्रिकेट ट्ेरनिङ सेन्टरबाट अहिलेसम्म करिब ३ हजारले प्रशिक्षण लिएका छन् । त्यसमध्ये सयको हाराहारीमा क्षेत्रीय प्रतियोगिता तथा त्योभन्दा माथि पुगिसकेका छन् ।

प्रकाशित :जेष्ठ १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्