ग्लुमी गाइजको हे मोरी

- साप्ताहिक संवाददाता

जेष्ठ ७, २०७४-

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएको ‘ग्लुमी गाइज’ का गितारिस्ट एवं भोकलिष्ट सुजेश वैद्यले एकल रुपमा ‘हे मोरी’ गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक गरेका छन् । 

यो ब्याण्डको आकाशैमा चिल उड्यो, दार्जिलिङको रेलैमा, मायाको डोरी लगायत थुप्रै गीत अझै पनि संगीतप्रेमी दर्शक–स्रोताको मानसपटलमा ताजै छ । यही ब्याण्डका गितारिस्ट/भोकलिष्ट सुजेश वैद्यले यो गीतलाई ल्याएका हुन् । 

लामो समयदेखि बेलायत बस्दै आएका वैद्यले भिडियोको सम्पूर्ण छांयाकन पनि बेलायतमै गरेका छन् । नेपाल गएर भिडियो बनाउन हुने झन्झट अन्त्य र बेलायतको लोकेसन दर्शकका लागि नयाँ हुनुका साथै बेलायतमै राम्रो टिम पाएपछि यतै भिडियो निर्माण गरेको सुजेशले बताए । भिडियो आफूले सोचे भन्दा राम्रो बनेको उनले सुनाए ।

भिडियोमा एलिसा वैद्य र टंक धमलाको अभिनय छ भने अर्जुन पाण्डे र आशिष श्रेष्ठ अतिथि कलाकारका रुपमा देखिएका छन् । ड्रेस अन्जली केसी, मेकअप दिपिका श्रेष्ठ र सह–छायांकन रुपक प्रजापतिको छ । भिडियोको छायांकन, सम्पादन एवं निर्देशन बेलायतमा सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।

हे मोरी गीतको भिडियो

 

 

प्रकाशित :जेष्ठ ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्