मत गन्ने सुस्त प्रक्रियालाई के भन्नुहुन्छ ?

- साप्ताहिक संवाददाता

जेष्ठ ७, २०७४- 

कुन कुराचाहिँ द्रुत गतिमा भएको छ नेपालमा ? मेलम्ची आउन २५ वर्ष लाग्ने देशमा यो के नै नौलो कुरा भयो र ?

प्रमोद खरेल, गायक

मतगणना सकिउन्जेल सबैभन्दा कान्छी उम्मेदवार रञ्जु दर्शनाले वृद्धभत्ताको दर्शन पाउने सम्भावना रहेको अवस्था ।

सरोज खनाल, अभिनेता

देशमा धेरै काम सुस्त गतिमा हुने गरेकोमा यो नौलो कुरा त होइन, तर जसरी निर्वाचनका लागि म्यादी प्रहरी खटाइयो । त्यसरी नै म्यादी कर्मचारी खटाएर भए पनि द्रुत गतिमा मत गन्नुपर्ने हो ।

कृषा चौंलागाईं, निर्मात्री

कर्मचारीहरूमा ‘सरकारी काम कहिले जाला घाम’ भन्ने प्रवृत्ति कायम रहेसम्म यस्तै हो ।

जया शर्मा, भिज्युअल आर्टिष्ट

प्रवृत्ति घुस्याहा छ, निर्वाचनको मत गणनामा घूस खान नपाइने भएर पो हो कि ?

जीवन आचार्य, अभिनेता

आधुनिक सिस्टमप्रति गरिएको बेवास्ताको परिणाम हो यो । मतगणनाका क्रममा चुनाव चिन्ह धेरै भएर पनि मत गन्न बसेका कर्मचारीहरू कन्फ्युज भए ।

बनिष शाह, भिज्युअल एडिटर

प्रतीक्षा गरौं, प्रतीक्षाको फल मीठो हुन्छ ।

अरुणा कार्की, अभिनेत्री

राजनीतिक चलखेल हो यो । पुराना दलभन्दा नयाँले धेरै मत पाए भनेर ढिलाइ गरेका होलान् ।

विकास खतिवडा, फोटोग्राफर

मतगणनामा राजनीति हुँदैछ ।

अर्जुन अधिकारी, टेलिभिजनकर्मी

यस्तै हो भने अर्को चुनावमा उम्मेदवारहरूले आ–आफ्नो घोषणापत्रमा २४ घण्टाभित्र मत परिणाम घोषणा गराउँछु भन्ने बुँदा थप्ने भए ।

प्रकाश बस्नेत, अभिनेता

म त यसलाई राम्रो भन्छु, किनभने परेको मत सबैलाई देखाएर त्यसमा सबैलाई सहमत गराई यसलाई परेकै हो है भन्ने कुरा निश्चित गर्न समय लागेको हो । समय लागोस्, तर गल्ती नहोस् ।

सुरेश पौडेल, टेलिभिजनकर्मी

अभ्यासबिनाको तयारी ।

राजेश हमाल, गायक

मतगणनाका लागि निर्वाचन आयोग तथा सरकारले कुनै तयारी गरेनछन् । मतगणनाको वैज्ञानिक विधिबाट पनि उनीहरू बेखबर रहेछन् ।

ठाकुर बेल्बासे, सञ्चारकर्मी

धमाधम प्रतिपक्षको हकमा परिणाम आउन थालेपछि गठबन्धन सरकार तिलमिलाएको हुनुपर्छ, जसले गर्दा उ निर्वाचन आयोगलाई मतगणना छिटो र चुस्त बनाउने निर्देश दिन चुकिरहेको छ वा मतगणना सुस्त गराएर अरू नै चलखेल गर्ने योजनामा छ ।

अनुपम रोशी, साहित्यकार

यस्तो सुस्त गतिको मतगणनाबाट आएका मेयरले द्रुत गतिमा कुद्ने रेल ल्याउलान भनेर पत्याएँ मैले?

रविन सायमी, कार्टुनिष्ट

केही षड्यन्त्र पो हुँदैछ जस्तो लाग्दैछ ।

गम्भिर विष्ट, नृत्य निर्देशक

यसले कौतूहलता बढाएको छ । नयाँ अनुहार पो आउँदैछन् कि ?

प्रनब जोशी, निर्देशक

यहाँ एउटा मत गन्न सात मिनेट लाग्दैछ, अनि उनीहरू नै स्मार्टसिटीको कुरा गर्दैछन् ।

देवेन लोहनी, इन्टरप्रेनर

ढिलासुस्ती ।

सीता पाठक, सौन्दर्यविद्

निर्वाचन आयोगको मतपत्र छपाइसम्बन्धी अकर्मण्यताले गर्दा यस्तो भएको हो, किनभने नोमिनेशन दर्ता गरेपछि मात्र मतपत्र छापिनुपथ्र्यो ।

श्रीधर पौडेल, फोटोपत्रकार

चलचित्रमा क्लाइमेक्स आउनुअघि पात्रको चरित्र विकास र कथाको गति सुस्त हुँदै जान्छ । त्यस्तै हो, प्रतीक्षाको फल पक्कै मीठो हुनेछ ।

विजय अधिकारी, चलचित्र लेखक

यो त गति होइन, दुर्गति हो । तीन दिन गणना गरेर आधासम्म पनि पुग्न नसक्नु अदूरदर्शिता र कमजोर व्यवस्थापनको उदाहरण हो ।

रवि श्रेष्ठ, विज्ञापन व्यवसायी

निर्वाचन आयोगको अकर्मण्यता ।

विवेक खतिवडा, आरजे

नौ महिने सरकार, मत गन्न पनि नौ महिना ।

रोशन मिश्र, भिज्युअल आर्टिष्ट

प्रकाशित :जेष्ठ ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्