कन्सर्टले हल्लायो डुन्डुडाँडा

- साप्ताहिक संवाददाता

जेष्ठ ६, २०७४

 

उभौली पूर्णिमाको भोलिपल्ट ओखलढुंगाको किराँती धार्मिक स्थल लिब्जुको काखमा अवस्थित डुण्डु डाँडामा बर्सेनि मेला लाग्छ । यद्यपि यस वर्षको मेला भने विशेष रह्यो । पानी परेर भर्खरै खुलेको आकाशमुनिको भव्य स्टेजमा विभिन्न कलाकारहरू प्रस्तुत भए । गर्मी महिना भए पनि बाहै्र महिना चिसो बतास चल्ने डुन्डु बजारलाई गायक–गायिकाहरूको गीत तथा नृत्यले हल्लायो ।

 

कन्सर्टको मुख्य आकर्षण गायक तथा संगीतकार ताराप्रकाश लिम्बू थिए । उनले आफ्ना एक दर्जन गीत सुनाए जसमा प्रत्येक गीतले वान्स मोर पाए । त्यसैगरी अर्का गायक अशोककुमार प्यासीले लोक तथा पप दुवै किसिमका गीत गाए । गायिका लीला राईले पनि आफ्ना चर्चित लोक गीत सुनाइन् भने स्थानीय गायक राज राई पनि दर्शक नचाउन सफल भए । उक्त अवसरमा सीता राईको हट नृत्यले सबैको ध्यान तान्यो ।

प्रकाशित :जेष्ठ ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्