मर्करी लाउञ्ज एन्ड बार

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७४-

लाउञ्ज तथा बार काठमाडौंमा विकेन्ड मनाउने उपयुक्त स्थल सावित हुन थालेका छन् । यही क्रममा विकेन्ड मनाउनेहरूका लागि ठमेलभन्दा अलिकति पर क्षेत्रपाटीबाट पकनाजोल जाने सडकको दाहिनेपट्टी मुक्तिनाथ थकाली रेस्टुराँ भएको भवनको तेस्रो तल्लामा अत्याधुनिक मर्करी लाउञ्ज एन्ड बार सञ्चालनमा आएको छ । 

 

लाउञ्जका सञ्चालक पृथक आचार्यका अनुसार बुध ग्रहको अवस्थालाई थिम बनाएर यो लाउञ्जको डेकोरेसन गरिएको छ । हरेक साँझ लाइभ म्युजिक, बुधबार लेडिज नाइट, शुक्रबार र शनिबार साँझ विशेष विकेन्ड कार्यक्रम आयोजित गरिने मर्करी लाउञ्जमा लाइभ गेम हेर्न चौडा प्रोजेक्सनको समेत व्यवस्था छ । स्टाइलिस बार युक्त यो लाउञ्जमा देश–विदेशका विभिन्न पेय पदार्थ तथा मदिराहरू उपलब्ध हुन्छन् भने आवश्यकताअनुसार ककटेल र मोकटेल पनि । हुक्काप्रेमी पार्टी लभरहरूका लागि हुक्कामा रमाउने व्यवस्थासमेत छ मर्करी लाउञ्जमा । 

प्रकाशित :जेष्ठ ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्