हाफ गर्लफ्रेन्ड

- एजेन्सी

जेष्ठ ५, २०७४-
निर्देशक : मोहित सुरी

संगीत : तनिस्क बाग्ची

कलाकार : अर्जुन कपुर, श्रद्धा कपुर आदि ।
चेतन भगत भारतका चर्चित उपन्यासकार हुन् । भगतले लेखेका उपन्यासमा आधारित भएर बलिउडका निर्माता–निर्देशकले निकै चर्चित र सफल चलचित्रहरू तयार पारिसकेका छन् । जस्तो कि फाइभ प्वाइन्ट समवानबाट ‘थ्री इडियट्स’, ‘वान नाइट एट कलसेन्टरबाट ‘हेल्लो’, थ्री मिस्टेक्स अफ माई लाइफबाट ‘काय पोचे’ तथा टु स्टेट्स । चेतन भगतको पछिल्लो बेस्ट सेलिङ उपन्यास ‘हाफ गर्लफ्रेन्ड’मा आधारित चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ आज शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्र ‘हाफ गर्लफ्रेन्ड’को कथा अनुसार दिल्लीको एक कलेजमा बिहारबाट आएका अंग्रेजी बोल्न नजान्ने युवक माधवको भेट आधुनिक सोच भएकी अध्ययनशील युवती रियासँग हुन्छ ।

 

माधवले पहिलो भेटमै रियालाई मन पराउन थाल्छ र प्रेम प्रस्ताव समेत राख्छ । रियाले माधवको गर्लफ्रेन्ड नभएर हाफ गर्लफ्रेन्ड हुने सर्त राख्छिन् । केही समय साथ बिताएपछि रिया विवाह गरेर लन्डन लाग्छिन् । त्यसपछि रियालाई खोज्न माधवले लन्डनदेखि अमेरिकासम्मको यात्रा गर्छ । प्रेमकथात्मक यो चलचित्रमा अर्जुनकपुर तथा श्रद्धा कपुरले मुख्य भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित :जेष्ठ ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्