कालीप्रसाद र मनिषको दोस्रो सहकार्य पनि भाइरल

- साप्ताहिक संवाददाता

जेष्ठ ३, २०७४-
गीतकार तथा संगीतकार कालिप्रसाद बासकोटा पुन: एक पटक नयाँ गीतमार्फत स्रोता तथा दर्शकमाझ आएका छन् । यसपटक उनले ‘तिलहरी...’ गीतमार्फत दर्शकलाई नयाँ स्वाद पस्किएका छन् । 

अष्ट्रेलियामा संगीतको उच्च शिक्षा हासिल गरिरहेका मनिष ढकालको स्वर रहेको गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युबमा सार्वजनिक भएको केही दिनमै एक लाख भन्दा बढि दर्शकले हेरेको यो भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

यसअघि दर्शकहरुको मन जितिसकेको ‘साइँली...’ गीतका श्रष्टा कालिप्रसादले ‘तिलहरी...’ गीतमार्फत पुन: आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । मर्मस्पर्शी शब्द, कर्णप्रिय संगीत तथा गीत अनुसारको स्वर छनोट गर्न सिपालु कालीप्रसादले युवा गायक मनिष ढकालको स्वरलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।

तिलहरीको भिडियोमा निर्देशक निकेश खड्काले वैदेशिक रोजगारीको कथा समेटेका छन् । यो भिडियोमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । अभिनेता कामेश्वर चौरसिया तथा रंगमञ्चकी अभिनेत्री लक्ष्मी वर्देवाले आकर्षक अभिनय गरेका छन् ।

गायक मनिष ढकालले यसअघि गाएको ‘परदेशी नभन’ गीत पनि लोकप्रिय भएको थियो । यूट्युबमा झन्डै ९ लाख पटक हेरिएको उक्त गीतमा पनि कालीप्रसादकै शब्द तथा संगीत रहेको थियो भने भिडियोको निर्देशन निकेश खड्काले नै गरेका थिए ।

तिलहरीको म्युजिक भिडियो : 

प्रकाशित :जेष्ठ ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्