नवौं डि सिने अवार्ड हेटौंडामा हुने

- साप्ताहिक संवाददाता

जेष्ठ २, २०७४-

नवौं डि सिने अवार्ड यस बर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार काठमाडौंमा आयोजना हुँदै आएको डि सिने अवाड हेटौडामा आयोजना हुने भएको हो । सात बर्ष अगाडी डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना गरिएको यो अवार्डले डिजिटल प्रविधिको विकाससंगै आफूलाई फैल्याउदै आएको छ । गतबर्ष पोखरामा आयोजना भएर मोफसल पुगेको यो अवार्ड यसपटक हेटौडामा असर महिनामा हुने आयोजकले बताएको छ । डि सिने अवार्ड स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायांकार सबनम मुखिया रहेका छन्। ०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका छन् । अवार्डको नवौं बर्षको अवसरमा दर्ता शुल्क नौं सय राखिएको छ । 

 

प्रकाशित :जेष्ठ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्