फेसन परेड सम्पन्न

- नरेन्द्र बस्नेत

जेष्ठ १, २०७४- 

गत बिहीबार इटहरीमा अग्र्यानिक हार्वेस्ट इटहरी फेसन परेड–२०१७ सम्पन्न भएको छ । उक्त अवसरमा इटहरीस्थित पहिरन बुटिककी डिजाइनर नीलिमा थुलुङ पराजुलीको एकल डिजाइनमा १५ जना मोडलले क्याटवाक गरेका थिए । उक्त फेसन शो समर, लेहेंगा, साडी, गाउन तथा ब्राइडल गरी ५ वटा सिक्वेन्समा विभाजित थियो । सहारा ग्रुप इन्टरटेन्मेन्टको व्यवस्थापन एवं पहिरन बुटिक तथा रूपकला मेकअप स्टुडियोले संयुक्त सञ्चालन गरेको उक्त उक्त फेशन शोको कोरियोग्राफी रोशन श्रेष्ठले गरेका थिए । कार्यक्रममा नवनायिका रेश्मा घिमिरे, रिमा विश्वकर्मा आदिको पनि सहभागिता थियो । राति ७ बजेदेखि ९ बजेसम्म चलेको कार्यक्रममा करिब ५ सय दर्शक उपस्थित थिए ।

 

प्रकाशित :जेष्ठ १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्