चुनाव कस्ताले जितून्, कस्ताले नजितून् ?

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७४- 

राम्राले जितून्, हाम्राले नजितून् ।

वर्षा शिवाकोटी, अभिनेत्री 

कृषिप्रधान हाम्रो देशमा आश्वासन तथा झुटको खेती गरेर हामी यो गर्छौं, त्यो गर्छौं भन्नेले होइन हाम्रो वास्तविकता यो हो भनेर साँचो कुरा बोल्नेले जितुन् भनेर भन्ने हो, तर त्यस्ताले हाम्रो देशमा जित्न सम्भव छैन । बरु यसोभन्दा ठीक होला– धेरै फटाहाभन्दा कम फटाहाले जितुन् ।

प्रदीप भट्टराई, निर्देशक

विगतका चुनावहरूकै जस्तो नतिजा नआओस् । हाम्रा मान्छेले होइन, राम्रा मान्छेले जितुन् ।

डिपी खनाल, गीतकार

जनताका लागि काम गर्नेले जितुन । आफ्नो गोजी भर्नेले नजितुन् ।

विशाल भण्डारी, निर्देशक

 

हामी जनताका लागि हाम्राले होइन, राम्राले जितुन् ।

सन्दीप स्याङतान, अभिनेता

खोइ कुनै आइडिया भएन, जसले जिते पनि उस्तै हो । कसैले केही गर्ने होइनन् ।

स्मिता थापा, मोडल

अब नयाँ सोच भएका, नयाँ पुस्ताको पालो हो । युवा नेताले जितुन्, वर्षौंदेखि सत्ता बसेका पुराना नेताहरूले अब आराम लिनुपर्छ ।

देविका बन्दना, गायिका

हिमाल, पहाड, तराई जहाँको भए पनि म नेपाली, मेरी आमा नेपाल भन्नेले जितुन् । दलालहरूले कुनै पनि हादतमा नजितुन् । 

शिशिर राणा, निर्देशक

खोइ, कसले जितोस्, कसले नजितोस, कसरी भन्ने ? जुन जोगी आए पनि कानै चिरेका । जसले समाज निर्माणका लागि पहल गर्छ, उसैले जितोस् ।

आकांक्षा बस्याल, गायिका

नो आइडिया ।

सुमन श्रेष्ठ, सगरमाथा आरोही

हुन त अनुहार हेरेर को राम्रो, को नराम्रो छुट्याउन सकिँदैन, तर एक थाल मासुभातमा जनता किन्न खोज्ने, एक लिटर पेट्रोल दिएर मत लिन खोज्नेले हारोस् । सबैको मनमा बसेको उम्मेदवारले जितोस् ।

प्रभात लामा, आरजे

राजनीति फोहोरी खेल भन्नेहरूलाई सकारात्मक सन्देश दिन सक्ने क्षमता भएकाहरूले जितुन् ।

वर्षा बस्नेत, सञ्चारकर्मी

जनतालाई मारमा नपारी देश र जनताका बारेमा राम्रो सोच्नेले जितोस् । जनताका बारेमा नसोच्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ हेर्नेले नजितोस् ।

सुजन सुवेदी, फेसन व्यवसायी 

चुनाव देश विकास गर्नेले जितुन्, विनाश गर्नेले नजितुन् । चुनाव काम गर्नेले जितुन्, भाषण गर्नेले नजितुन् । चुनाव राम्राले जितुन, हाम्राले नजितुन् । चुनाव आफ्नो पोल्टा भर्नेले नजितुन्, देशको भलो गर्नेले जितुन् । चुनाव राम्रो सोच भएकाले जितुन्, डाँकाहरूले नजितुन् ।

शिशिर भण्डारी, अभिनेता

असल इमान्दार र काम गरेर देखाउनेले जितुन् । झारपातेहरूले नजितुन् । 

निशा शर्मा, रंगकर्मी

इमान्दार, जनताको इच्छा पूरा गर्न सक्ने तथा कमिटमेन्ट पूरा गर्न सक्नले जितुन्, अरूले नजितुन् । 

मिना निरौला, गायिका

भ्रष्ट , बेइमान, लाज शरम पचेका तथा दलालहरूले नजितुन् । जनतालाई जसले माया गर्छन् उनैले जितुन्।

जीवन पराजुली, सञ्चारकर्मी

जसले मनैबाट सारा नेपालीलाई आफ्नो परिवार मान्छन्, त्यस्ताले जितुन् ।

कोशिश क्षेत्री, गायक

राष्ट्रिय स्वाधीनताका पक्षधरले जितुन् । विकासप्रेमीहरूले जितुन् । युवाहरूले जितुन् । सपना देख्नेले जितुन् । सपना पूरा गर्नेले जितुन् । हाम्राले पनि जितुन्, राम्राले पनि जितुन् । भष्ट्रहरू हारून्, हार्नुपर्नेले कुनै पनि हालतमा नजितुन् ।

मनोज गजुरेल, व्यंग्यकार

समाज बुझ्न सक्नेले जितुन् ।

प्रदीपकुमार उदय, निर्माता

हाम्राले हारून्, राम्राले जितुन् ।

सुशील पोखरेल, निर्माता

भ्रष्ट , बेइमान, लाज शरम पचेका तथा दलालहरूले नजितुन् । जनतालाई जसले माया गर्छन् उनैले जितुन्।

जीवन पराजुली, सञ्चारकर्मी

यसपाला नयाँ र युवाले जितुन्, थोत्रा र बुढाले नजितुन् । शिक्षित र योग्यले जितुन, गवाँर र भ्रष्टले हारून् । परिणाम आएपछि सबै मतदातालाई आफैंले जिते जस्तो लागोस् ।

अविरल थापा, लेखक

प्रकाशित :वैशाख ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्