जापानमा साकुरा नाईट-२

- साप्ताहिक संवाददाता

वैशाख २९, २०७४-

जापानीहरुले मनाउने विशेष चाड गोल्डेन विकको मौका पारेर 'साकुरा नाईट-२' जापान मनाईएको छ । सुर्य कर्पोरेसनद्वारा आयोजित यो कार्यक्रम चार मुख्य शहरहरूमा सम्पन्न भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि सुर्य कर्पोरेसन र ग्रिष्मा ईन्टरटेन्डमेन्टले हरेक बर्ष जापानको मुख्य शहरहरुमा साँस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । 

सुर्य कर्पोरेसनका ब्रान्ड एम्बेस्डर समेत रहेका संचारकर्मी एबं कार्यक्रम प्रस्तोता नरेश भट्टराईले उदघोषण गरेका थिए । गायक प्रमोद खरेलले ओई झुमा, मबिना कसैकसैलाई, लाईदेउन मायाले लगायतका गीतहरु सुनाएका थिए । त्यस्तै लोकप्रिय कार्यक्रम ‘ह्वाट् दी फ्लप’ का प्रस्तोता कमेडिएन सन्दिप क्षेत्रीको प्रस्तुति पनि रोचक रह्यो ।

कार्यक्रममा गायिका नलिना चित्रकारले ‘चाहिदैन हिरा र मोती’, सिमसिमे पानीमा’, ‘सालको पात टपरी गाँसेर’, ‘बाँझो खेतमा’ लगायतका गीत गाउँदै दर्शकहरुलाई मनोरञ्जन दिलाईन् । गोल्डेन विकको पहिलो दिन मे ३ तारिकका दिन टोक्योबाट सुरु भई मे ४ तारिक नागोया, मे ५ तारिक ओशाका र मे ७ तारिक फुकुओकामा सम्पन्न उक्त कार्यक्रमबाट प्राप्त रकम नेपालको ‘मानब सेवा आश्रम’ लाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिए । 

कार्यक्रममा उपस्थित हुन नपाएका गायक खरेलको प्रस्तुती मे १४, आईतवार साँझ ६ बजेदेखि १२ बजेसम्म टोक्यो रोधि क्लबमा हुने भएको छ । ‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्टसँग मिलेर गर्दै आईरहेको छ । नेपालमा यसअघि ईन्डियाका टप गाएक मिका सिंहको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । 

 

प्रकाशित :वैशाख २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्