Teej banner

हरेक साँझ दोहोरी

- साप्ताहिक संवाददाता

वैशाख २९, २०७४

क्लब, पब, बार, लाउञ्ज, गजलजस्ता विदेशी शैलीका रेस्टुराँहरूको विकाससँगै काठमाडौंमा आफ्नै मौलिक गीत सुनाइने दोहोरी रेस्टुराँ खुल्ने लहर पनि बढ्दो छ । काठमाडौंको लाजिम्पाट, दरबारमार्ग, पुतलीसडक, ठमेलजस्ता क्षेत्रमा हरेक साँझदेखि रात अबेरसम्म लोकदोहोरी गायक–गायिकाहरूले दोहोरीपारखीहरूका लागि विभिन्न भाकाका दोहोरी सुनाएर नचाउँछन् । यो विकेन्डमा आफ्नो परिवार वा साथीहरूका साथ दोहोरीको मज्जा लिन चाहनुहुन्छ भने यी स्थान तपाईंका लागि उपयुक्त हुन सक्छन् :

गामबेसी दोहोरी नाचघर 

स्थान : त्रिदेवी सडक, ठमेल

दोहोरी समय : साँझ ७ बजेदेखि

गण्डकी दोहोरी साँझ 

स्थान : कमलादी

दोहोरी समय : साँझ ६ बजेदेखि 

पोखरा दोहोरी साँझ

स्थान : ठमेल

दोहोरी समय : साँझ ५ बजेदेखि 

निरमाया दोहोरी रेस्टुराँ 

स्थान : काठमाडौं प्लाजा, कमलादी

दोहोरी समय : साँझ ५ बजेदेखि

साझा चौतारी दोहोरी साँझ 

स्थान : सुन्धारा

दोहोरी समय : साँझ ६ बजेदेखि

प्रकाशित :वैशाख २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्