जन्मदिनमा समाजसेवा

- साप्ताहिक संवाददाता

वैशाख २८, २०७४- 

एरोविक डान्स प्रशिक्षक तथा मोडलका रुपमा परिचित नयन डिसीले आफ्नो जन्मदिनको अवसरमा अनाथालय तथा बृद्धाश्रममा सामूहिक भोजको आयोजना गरेका छन् ।

 

बैशाख  २७ गते आफ्नो ३० औं जन्मदिनका अवसरमा डिसीले गोकर्णमा अबस्थित संयुक्त अपांग एकता आवाज केन्द्र र सामाखुशीस्थित मानव सेवा आश्रममा सामूहिक भोजको आयोजना गरेका हुन् । अपांग एकता आवाज केन्द्रमा ४१ वालवालिका र बृद्धाश्रममा २४ बृद्धबृद्धालाई रहेका छन् । उनले 

विहान एरोविक डान्सका विद्यार्थीहरुमाझ जन्मदिन मनाएका थिए । 

झण्डै तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेका डिसी करिब डेढसय भन्दा बढिलाई एरोविक डान्स सिकाउँदै आइरहेका छन् । उनी हरेक वर्ष जन्मदिनका अवसरमा सामाजिक सेवा गर्दै आएका छन् ।

प्रकाशित :वैशाख २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्