मोडल अफ इरामा ३० जना

- साप्ताहिक संवाददाता

वैशाख २८, २०७४

 

मोडलिङमा सक्रिय युवा–युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ ।  क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले आयोजना गरेको अडिसनबाट १५ जना महिला तथा १५ जना पुरुष मोडलहरु अन्तिम प्रतियोगिताका लागि छनोट भएका हुन् । यो मोडलिङ कन्टेष्टमा प्रतिस्पर्धा गर्ने मोडलहरु यतिबेला प्रशिक्षणमा समेत सक्रिय भएका छन् ।  

मोडल अफ इराका प्रतिस्पर्धिहरुलाई कोरिग्राफरद्वय सनिश शाक्य तथा सोनी खड्काले प्रशिक्षण दिइरहेका छन् । शाक्य म्यानहन्ट इन्टरनेशनल–२०१२ का विजेता हुन् भने खड्का सुपर मोडल इन्टरनेशनल–२०१५ की विजेता हुन् । आयोजक संस्थाका प्रमुख लभिन अन्सारीका अनुसार जेठ १५ गते सोमबार यो प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न हुनेछ । विजेतालाई नगद पुरस्कारका साथै एभरेष्ट फिल्म एकेडेमीको तर्फबाट छात्रवृत्तिसहित मोडलिङका विभिन्न अवसरहरु प्रदान गरिनेछ । 

प्रकाशित :वैशाख २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्