श्रीमती अर्कैसँग सुतेपछि

- एजेन्सी

वैशाख २८, २०७४-  

श्रीमती परपुरुषसँग सुतेको क्षणलाई फेसबुकमा पोस्ट गर्ने एक पुरुषलाई सोसल मिडियामा धन्यवादको ओइरो लागिरहेको छ । टेक्सासका २३ वर्षीय डस्टन होलोवे जब आफ्नो घर पुगे, उनले त्यहाँ मदिराले चुर आफ्नी श्रीमती परपुरुषसँग आफ्नो ओच्छ्यानमा निदाइरहेको देखे । त्यस्तो दृश्य देखेर जो–कोही रिसले चुर मात्र हुँदैनन्, हिंस्रक व्यवहारमै ओर्लन्छन्, तर डस्टनले उनीहरूको तस्बिर खिचेर फेसबुकमा अपलोडसमेत गरे, जसमा उनले श्रीमती परपुरुषसँग सुतेको विफी अपलोड गर्दै भने, ‘राम्रो पुरुषलाई राम्री महिला चाहिन्छ ।’ फोटो अपलोड भएपछि उनको पोस्टमा धेरैले सहानुभूति प्रकट गर्दै त्यस्तो क्षणको सामना गर्दा पनि शान्त हुन सकेकोमा उनको प्रशंसासमेत गरेका छन् ।

प्रकाशित :वैशाख २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्