छुट्यो चुरोट पिउने बानी

- एजेन्सी

वैशाख २७, २०७४- 

दुई वर्षको उमेरमा दैनिक ४० खिल्ली चुरोट पिउने अल्डी रिजालको यो तस्बिर(तल) केही वर्षअघि निकै चर्चामा आएको थियो । इन्डोनेसियाको सुमात्रामा बसोबास गर्ने अल्डीलाई सन् २०१० मा दुई वर्षको उमेरमा चुरोट पिएको दृश्यमा देखिएको थियो । उमेरअनुसार बढी तौल भएका अल्डी बालबालिकाको साइकलमा बसेर चुरोट पिएको दृश्यका कारण चर्चित भए । उक्त दृश्य सार्वजनिक भएपछि इन्डोनेसियाको सरकारले चुरोटको बिक्री–वितरणमा कडाइ गर्‍यो भने अल्डीलाई सुधारगृहमा पुर्‍यायो । अहिले नौ वर्षको भएपछि अल्डीको अर्को तस्बिर सार्वजनिक भएको छ । अहिलेको अल्डीमा पहिलेको तुलनामा धेरै परिवर्तन आएको छ । दैनिक ४० खिल्ली चुरोट पिउने अल्डी अहिले चुरोट पिउँदैनन् भने उनले आफ्नो तौललाई पनि सन्तुलनमा ल्याएका छन् । त्यसबाहेक उनी नियमित विद्यालय हाजिर मात्र हुँदैनन्, पढाइमा पनि अब्बल रहेको विद्यालयले जनाएको छ । 

प्रकाशित :वैशाख २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्