चुनाव जित्ने सबैभन्दा आकर्षक नारा के होला ?

- साप्ताहिक संवाददाता

वैशाख २६, २०७४- 

तराईमा खेतैखेत, पहाडमा रेलैरेल, सगरमाथामा केबलकार ।

दीक्षान्त तामाङ

हावा घोषणापत्र देखाऊ, जनतालाई बेबकुफ बनाऊ ।

तिखे

गाउँघरमा सिंहदरबार ।

खिमलाल पन्थी

जनताको होइन गर बाख्राको गोठालो, अब हजुरबाको होइन नातिको पालो ।

बेदुकाजी घिमिरे

चुनाव जित्न सजिलो तर अहिलेको प्रतिस्पर्धात्मक समयमा खर्चिलो, यद्यपि सजिलै जिताउने नारा हो : एक मत देऊ एक हजार लैजाऊ । न कुनै पार्टी हेर्नुपर्ने न देशभक्त हुनुपर्ने ।

किशोर तामाङ

विकास र समृद्धिको परिकल्पना नै अहिलेको आवश्यकता हो । नेपाललाई अन्य विकासशील राष्ट्रको दाँजोमा पुर्‍याउने नै प्रमुख नारा हुनुपर्छ । अर्काको अवगुण देखाउनुभन्दा आफूले गर्छु भनेर देखाउने हो कि ?

रोकश रेमी

आकर्षक नाराहरू यस प्रकार छन् :

भूकम्पबाट भत्किएका सम्पदाहरूको पुनर्निर्माण चाँडै गर्नेछौं ।

युवा रोजगारी ।

भ्रष्टाचारको अन्त्य ।

शिक्षा र स्वास्थ्यमा सबैको पहुँच ।

यति गर्दा पनि नभए नोटसँग भोट साट्ने ।

किरण धिताल

राजनीतिक दलहरूको नारा हेर्दा त नेपाल छिटै सिंगापुर वा स्विट्जरल्यान्ड बन्छ जस्तो लाग्छ, तर ती सब घोषणापत्र वा नारामा मात्र सीमित हुनाले पौने ३ करोड नेपालीको हालत आज यस्तो छ ।

सोमराज गुरुङ

जतिसक्यो अरू पार्टीको कमी–कमजोरी देखाउन सक्ने अनि अरूभन्दा म र मेरो पार्टी राम्रो भनेर देखाउन सक्ने । भाषणको माध्यमबाट सहीलाई झूटो, झूटोलाई सही सावित गर्न सक्ने ।

डीएच खड्का

सबैको साथ सबैको विकास ।

राजकुमार न्यौपाने

हाम्रा अनि राम्रा नेतालाई

भोट देऊ,

चाम्रा अनि नराम्रा नेतालाई चोट देऊ ।

गोविन्द धिमाल सोमकुल

फ्री भिसा, फ्री टिकट हामी दिन्छौं ।

प्रशान्त श्रेष्ठ

यो देश हाम्रो आफ्नै हो, बनाउनलाई थाल्ने हो, कसैको भर पर्दैनौं, अरूको आश गर्दैनौं ।

सुदीप

देश विकासको मूल आधार— सत्यता, इमान्दारिता, लगनशीलता एवं पारदर्शितापूर्ण व्यवहार ।

सागर तामाङ

तपाईको एक मत सदाचारीलाई, भ्रष्टाचारीलाई होइन ।

राम

खस्रा गाला, चिल्ला कुरा होइन, चिल्ला गाला, खस्रा कुरा भा’को चाहिन्छ ।

अस्मिन खुलाल

भरोसा गर्नुहोस् हामीलाई अनि सहयोग गर्नुहोस् देश बनाउनलाई ।

आशिष राना

भोट दिनुहोस्, खाडी जानुहोस् ।

नारायण

पर्दैन जान समुद्रपारि, सिर्जना गरौं नेपालमै रोजगारी ।

सूर्य थापा

पार्टी होइन राम्रा व्यक्ति चुनौं, नेपाल र नेपालीलाई समृद्ध बनाऔं ।

शरद राई

जसको विकास गर्ने अठोट, उसैलाई अमूल्य भोट ।

कृष्णराज श्रेष्ठ

प्रकाशित :वैशाख २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्