स्तनपान गराउँदै राष्ट्रपतिकी छोरी

- एजेन्सी

वैशाख २६, २०७४- 

मुस्लिम बाहुल्य किर्गिजस्तानका राष्ट्रपति अल्माज्बेक अतावायेभकी कान्छी छोरीले स्तनपान गराएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपछि अहिले त्यसको चर्चा सुरु भएको छ । २० वर्षको उमेरमा विवाह गरेकी एलिया सागेभाले ६ महिनामै पहिलो सन्तान तागिरलाई जन्म दिएकी थिइन् । विवाह गर्दा गर्भवती भएको कुनै झनक नपाएका व्यक्तिहरू त्यतिबेला छक्क परे जब एलियाले स्वीमसुटमा गर्भवती भएको तस्बिर अपलोड गरिन् । ७५ प्रतिशत मुस्लिम बसोबास गर्ने देशमा महिलाले शरीर देखाउन नहुने मान्यताका बीच उनको तस्बिरले विवादसमेत सिर्जना गरेको थियो । अहिले उनले स्वीमसुट लगाएरै आफ्नो छोरालाई स्तनपान गराएको तस्बिर अपलोड गरेर मुस्लिम समुदायमा अर्को तरंग ल्याएकी छिन्।

प्रकाशित :वैशाख २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्