दक्षिण एसियाली ट्रायथलन

- राजाराम पौडेल

वैशाख २४, २०७४- 

पोखरामा सम्पन्न पाँचौं दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप–२०१७ को उपाधि पुरुषतर्फ भारतका गुरुदत्तले जितेका छन् । उनले १२ औं दक्षिण एसियाली खेलकुदमा प्रथम स्थान हात पारेका भारतीय खेलाडी दिलीप कुमारलाई पछाडि पार्दै उपाधिमा कब्जा जमाएका हुन् । तेस्रो स्थानमा नेपालका वसन्त थारु रहे । महिलातर्फको प्रतिस्पर्धामा भने १२ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता पल्लवी रेतिवालाले उपाधि कब्जा गर्दै आफुलाई दक्षिण एसियाकै उत्कृष्ट खेलाडी प्रमाणित गरिन् । दोस्रो स्थान नेपालकी सोनी गुरुङ तथा तेस्रो स्थान रोजा केसीले प्राप्त गरे ।

 

छ्रैटौं राष्ट्रिय ट्रायथलन प्रतियोगितामा नेपाल आर्मीले पुरुषतर्फको तिनै स्थानमा जीत हात पार्‍यो । सेनाका वसन्त थारुले स्वर्ण पदक प्राप्त गरे र दोस्रो र तेश्रो स्थानमा क्रमश: हिमाल टमाटा र रुद्र कटुवाल रहन सफल भए ।महिलातर्फको राष्ट्रिय प्रतिस्पर्धामा एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितिन् । दोस्रो स्थानमा रोजा र तेस्रो स्थानमा नेपाली सेनाकी यम कुमारी भुजेलले कब्जा जमाइन् ।

फेवातालमा भएको च्याम्पियनसिपको डुवाथलनतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका मान बहादुर थापाले ५ किलोमिटर दौड, २० किलोमिटर साइकिलिङ तथा २ दशमलव ५ किलोमिटर दौडमा स्वर्ण पदक जिते ।

 

यस्तै एपिएफका किरणकुमार मल्ल दोश्रो र  १ घण्टा ३ मिनेट अच्युत पराजुली तेश्रो भए ।

महिलातर्फ नेपाल आर्मीकी मन्जुकुमारी खड्काले स्वर्ण तथा पुष्पाकुमारी भण्डारीले रजत पदक प्राप्त गरे ।यस्तै जुनियर पुरुषतर्फ काठमाडांैका नितेश मानन्धरले स्वर्ण, देवेश मानन्धरले  रजत पदकमा कब्जा जमाए । महिलातर्फ भने रोजाले नै   पहिलो स्थान प्राप्त गरिन् ।

प्रकाशित :वैशाख २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्