एलिशालाई मिस राईको उपाधि

- साप्ताहिक संवाददाता

वैशाख २४, २०७४- 

सिटिभी मोबाइल ‘मिस राई–२०१७’ को उपाधि एलिशा राईले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा सहभागी ११ जना प्रतिस्पर्धीलाई उछिन्दै एलिसाले उपाधिसहित ट्रफी तथा यामाहाको फेसिनो स्कुटर प्राप्त गरिन् । उक्त प्रतियोगितामा इशाराले फस्ट रनर्सअप, अस्मिताले सेकेन्ड रनर्सअप तथा रोजीले थर्ड रनर्सअपको उपाधि जिते । किराँत राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गरेको उक्त प्रतियोगितामा शर्मिलाले मिस ट्यालेन्ट, रजनीले फोटोजेनिक र भ्युअर्स च्वाइस, एलिशाले फ्रेण्डशिप, एलिनाले स्माइल, अस्मिताले क्याटवाक, कमलाले पञ्चुआलिटि, संगीताले डिसिप्लेन, प्रतिमाले कल्चर र ड्रेस, रेश्माले हेयर, रोजीले फिगर, इशाराले पर्सानालिटी तथा सम्झनाले मिस पपुलरको उपाधि जितेका थिए ।

 

प्रकाशित :वैशाख २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्