करिनाको पुनरागमन

- एजेन्सी

वैशाख २४, २०७४-

अभिनेत्री करिना कपूरले बलिउडमा पुनरागमन गर्ने मुड बनाएकी छिन् । छोरा छ महिनाको भएपछि चलचित्रमा फर्कने घोषणा गरेकी करिना यतिबेला राम्रो चलचित्रको खोजीमा छिन् । यसबीच एक निर्माताले करिनालाई उनको नयाँ चलचित्रका लागि ६ करोड भारु पारिश्रमिक दिने प्रस्ताव राखेका छन् । करिना पनि उक्त प्रस्तावप्रति सकारात्मक रहेको बताइन्छ । बलिउडमा अभिनेत्रीको ६ करोड पारिश्रमिकलाई आकर्षक मानिन्छ । दीपिका पादुकोण तथा कंगना रणावतले मात्र हालसम्मको सर्वाधिक ११ करोड भारु पारिश्रमिक लिएका छन् । अन्य अभिनेत्रीहरूको औसत पारिश्रमिक ५ करोड भारु छ । त्यसैले पनि करीनाले ६ करोड पारिश्रमिकमा चित्त बुझाएको बताइन्छ ।

 

प्रकाशित :वैशाख २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्