दृश्य बाहिर

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७४-
युवा पुस्ताका कवि सौरभ कार्कीको पहिलो काव्यात्मक कृति हो, दृश्य बाहिर । कथा तथा नाटकमा कलम चलाए पनि उनी कविता विधामा सशक्त रूपमा अघि बढ्दैछन् । यो संग्रहमा संग्रहित ३८ वटा कविताले विद्रोह, व्यंग्य एवं आक्रोशको भाषा बोलेका छन् । सौरभका कवितामा समाजको बेथतिका चित्रहरू फेला पर्छन् । तिनमा सामान्य नागरिक, परदेशमा बस्ने मजदुरका दु:ख, संघर्ष र अभावका कथा भेटिन्छन् । सौरभका कविताले अहिलेको पुस्ताको आवाज बोलेका छन् । कवितामा प्रेम, सम्बन्ध र पीडालाई चोटिलो ढंगमा उठाइएको छ । बुलबुल पब्लिकेसनको पुस्तक दृश्य बाहिरको मूल्य १ सय ५० रुपैयाँ छ ।

प्रकाशित :वैशाख २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्