छऊ म्याकबेथ

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७४-
भारतबाट आएका रंगकर्मीहरूले प्रस्तुत गरेको नाटक ‘छऊ म्याकबेथ’ गत साता काठमाडौं मलस्थित थिएटर मलमा मञ्चन भयो । विलियम शेक्सपियरको ‘म्याकबेथ’मा आधारित उक्त नाटकको निर्देशन डानी करमारले गरेका थिए । कोलकाताका रंगकर्मीहरूले शेक्सपियरको कथामा आफ्नो सांस्कृतिक नृत्य छऊलाई मिश्रण गरेर यो नाटक तयार पारेका हुन् ।

 

म जोकर बन्छु
काठमाडौंमा थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) तथा थिएटर मल नाटकघरले बालबालिका एवं अभिभावकमाझ नाटक ‘म जोकर बन्छु’ मञ्चन गरेको छ । साहित्यकार शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । नाटकका सबै पात्रमा बालबालिकाले अभिनय गरेका थिए । बाल मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ मा अभिभावकले बेवास्ता गरेपछि बालबालिकामा पर्ने मनोवैज्ञानिक नकारात्मक असरलाई विषय बनाइएको थियो । नाटक ‘म जोकर बन्छु’ मा अरविन खड्का, कृति भट्टराई, सुशान्त कार्की, अनुप पुरी, सुक्साना थापा, प्रत्युस्का खड्का, आलिया पाठक, विश्वम पाठक, आर्यन पौडेल तथा प्रिन्स सिलवालले अभिनय गरेका थिए ।

प्रकाशित :वैशाख २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्