कमब्याक गर्दै मनीषा

- एजेन्सी

वैशाख २३, २०७४

 

अभिनेत्री मनीषा कोइरालाले लामो समयपछि अभिनयमा पुनरागमन गर्ने भएकी छिन् । ४६ वर्षीया मनिषाले निर्देशक इम्तियाज अलीका सहायक सुनैना भटनागरको चलचित्र ‘डियर माया’ बाट पुनरागमन गर्न लागेकी हुन् । हालै मात्र चलचित्रको एउटा टिजर सार्वजनिक भएको छ, जसमा मनीषाको ट्रान्सफर्मेसन हेर्न लायक छ । चलचित्रमा मनीषाले एक अधवैंश महिलाको चरित्र निर्वाह गरिरहेकी छिन्, जसको फस्टलुक निकै आकर्षक छ । त्यसो त मनीषालाई सञ्जय दत्तको बायोपिक चलचित्रमा पनि देख्न पाइने छ । सन् २०१२ मा मनीषाको पाठेघरमा क्यान्सर भएको थियो । अमेरिकामा करिब ६ महिनाको उपचारपछि उनी पूर्ण रुपले क्यान्सरमुक्त भएकी हुन् ।

प्रकाशित :वैशाख २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्