वैशाख २२ गतेदेखि २९ गतेसम्मको राशिफल
वैशाख २२, २०७४
मेष
विपक्षीहरूको सहयोगबेगरै रोकिएका कार्य सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकासँगको चित्त दुखाइ केही लम्बिने सम्भावना छ । संयम एवं धैर्यता अपनाउनुहोला । परिवारका सदस्यहरूबीच किचलो उत्पन्न भै तिक्तता बढ्न सक्छ । कठिनाइहरू पहिचान गरी ठूला–बडाको सल्लाह लिए फाइदा मिल्नेछ ।
वृष
अनावश्यक कुराले आफूप्रति पारिवारिक गुनासो बढाउन सक्छ । आफ्नो मेहनत तथा लगनशीलताको प्रशंसा हुनेछ । विवेक नपुर्याई हतारमा गरिएका कार्यले नोक्सान पुर्याउनेछन् ।आम्दानी हुने विविध व्यवसाय सञ्चालन गर्न पारिवारिक मत मिल्नेछ । सेतो रंगको अनुसरणले थप ऊर्जा प्रदान गर्नेछ ।
मिथुन
मेहनतले कामको अवसर जुटाउन सक्छ । तपाईंको योजनामा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्न सक्छ । दिगो फाइदा हुने कार्य वा रोजगारी हात लाग्ने सम्भावना छ । विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्ने अवसर प्राप्त होला । मंगलबारपछि सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन् ।
कर्कट
सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो पहिचान पनि वृद्धि हुनेछ । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ मिल्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सहकर्मी साथीहरूसँग वैचारिक मतभिन्नता उत्पन्न हुँदा आफन्तहरूको सहयोग जुट्नेछ ।
सिंह
भौतिक सुखमा मात्र ढुक्क हुन नसक्दा प्रेममा अविश्वास जाग्न सक्छ । परिस्थिति रमाइलो भए पनि भविष्यको चिन्ताले सताउनेछ । थप जिम्मेवारी वहन गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सप्ताहन्तमा पूर्वतर्फको यात्रा गर्ने साइत जुर्नुका साथै धेरैको भलाइ हुने कार्य गर्न सकिनेछ ।
कन्या
पारिवारिक लगानीमा गरिएको कार्यले राम्रै मुनाफा दिनेछ । अरूलाई छिटो विश्वास गर्दा प्रेमिका चिढिनेछिन् । मनपर्ने पहिरनका लागि बढी मूल्य तिर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । साताको अन्त्यमा दान–पुण्यजस्ता परोपकारी कार्यमा संलग्न हुँदा आत्मविश्वास वृद्धि हुनेछ ।
तुला
विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुँदा मन प्रफुल्लित रहनेछ । मौसमी फेरबदलले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । सोमबार र मंगलबार सतर्कतापूर्वक कार्य गर्नुहोला । मठ–मन्दिरको यात्रामा समय खर्चंदा तनावमुक्त भइनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्न सक्छ ।
वृश्चिक
प्रेम–प्रेमिकाबीचको सम्बन्धमा खल्लोपन सिर्जना हुन सक्छ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए पनि लक्ष्य प्राप्तिमा सफलता हात लाग्नेछ । बल मिच्याइँ गरे काम बिग्रने सम्भावना छ । दोहोर्याए प्रयास गरे काम सम्पन्न हुनसक्छ । मन पूण्य आर्जनतर्फ आकर्षित हुनेछ ।
धनु
प्रतिभा प्रदर्शन गरी नाम तथा इनाम कमाउने योग छ । मन पराउने साथी तपाईंलाई भेट्न आतुर भएको अवस्था छ । सोमबारपछि विदेश जाने अवसर जुर्न सक्छ । घरायसी व्यवहारमा संलग्न नहुनुमै आफ्नो भलो छ । लामो समय सवारी साधन चलाउँदा विशेष हेक्का राख्नुहोला ।
मकर
सामाजिक सभा–सम्मेलनमा भाग लिँदा समयको ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफैंलाई फाइदा पुग्नेछ । खानपिनको गडबडीले स्वास्थ्य बिगार्न सक्छ । साताको अन्त्यमा पूर्वतर्फको यात्रा लाभदायक हुनुका साथै शुभ समाचार प्राप्त हुने सम्भावना छ ।
कुम्भ
कार्य सम्पन्न गर्दा विवेक पुर्याए झमेलाहरू स्वत: निर्मूल हुनेछन् । प्रतिष्ठा एवं पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मसात् गर्न सके नयाँ उचाइमा पुगिनेछ । मन पराउनेहरूसँग कम बोल्नु नै उपयुक्त हुन्छ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।
मीन
तपाईंको व्यक्तित्व मन पराउनेहरू उपहारसहित भेट्न आउन सक्छन् । विपक्षीहरूले छवि बिगार्ने प्रयास गरे पनि आफैंलाई फाइदा पुग्नेछ । मित्रहरूले विशेष जिम्मेवारी दिँदा उत्साहपूर्वक कार्य सम्पन्न गरिनेछ । पारिवारिक वादविवादमा सचेततापूर्वक निर्णय गर्नुहोला ।
प्रकाशित :वैशाख २२, २०७४








तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्