युवतीहरूको प्रतियोगितामा भाग लिँदा

- एजेन्सी

वैशाख २१, २०७४-  

महिलाको भित्री पोसाक निर्माण गर्ने कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा एक जना पुरुषले उपाधि जितेका छन् । यद्यपि उनी पुरुष हुन् भन्ने कुरा थाहा पाएपछि आयोजकहरूले उनको उपाधि खोसेका थिए । रसियाको युज्नो साखालिंक्स नामक महिलाले लगाउने भित्री पोसाक (लिंगरी) कम्पनीले अनलाइनमार्फत् आकर्षक युवती छनोट गर्न प्रतियोगिता आयोजित गरेको थियो । २० वर्षीय एन्टोनी नागोर्नी आफ्नी गर्लफ्रेन्डका लिंगरी लगाएर फोटोसुट गरी उक्त प्रतियोगितामा सहभागी भएका थिए ।

 

प्रतियोगितामा सहभागी भएका युवतीहरूमध्ये उनी नै आकर्षक देखिए । निर्णायकहरूले उनलाई उपाधि जितेकोमा बधाई दिँदै पुरस्कृत गर्न लागेपछि उनी महिलाको भेषमा रहेका पुरुष हुन् भन्ने कुरा पत्तो लाग्यो । आयोजकले यो गल्ती फोटोसपका कारण भएको जनाउँदै नागोर्नीले जितेको उपाधि शीर्ष स्थानमा आउन नसकेका सहभागीलाई दिने बताएको छ ।

प्रकाशित :वैशाख २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्