मिष्टर एण्ड मिस मोडल नेपाल अन्तिम तयारीमा

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७४

 

सौन्दर्य प्रतियोगिताहरु मंचन भइरहेको परिवेशमा मिष्टर एण्ड मिस मोडल नेपाल नामक मोडल प्रतिस्पर्धाको मंचन हुने भएको छ । एसएन इन्टरनेसनल इभेन्ट्सको आयोजनामा संचालन हुने यो प्रतियोगिताले मोडलिङमा भविष्य खोज्ने युवायुवतीका लागि अवसर प्रदान गर्ने उद्देश्य लिएको छ । युवा युवती गरी करिब दुई दर्जन प्रतिस्पर्धीहरुको सहभागिता रहेको यो प्रतियोगिता यही वैशाख २३ गते शनिबार राजधानी शहरको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा संचालन हुँदैछ । दक्ष मोडल उत्पादनमा योगदान पुर्‍याउने लक्ष अनुरुप प्रतियोगितामा सहभागिहरुलाई सोही अनुरुप ग्रुमिङ प्रदान गरिएको छ । फेसन एवं मोडलिङ सम्बन्धीत विविध पक्षहरुलाई प्रशिक्षणको मुख्य आधार बनाइएको यस प्रतियोगिताका सहभागिहरु कोरियोग्राफर रोजिन शाक्यको निर्देशन अन्तर्गत प्रशिक्षणको अन्तिम तयारीमा रहेका छन् । सहभागिहरुको फोटोशुट पर्यटकीय नगरीमा पोखरामा सम्पन्न गरिएको थियो ।

 

प्रकाशित :वैशाख १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्