Teej banner

निर्वाचनका सम्बन्धमा सामाजिक सञ्जालमा

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७४

 

यतिबेला देशमा स्थानीय निकायको निर्वाचनको तयारी भैरहेको छ । निर्वाचनमा केन्द्रित रहेर फेसबुक, ट्विटर, भाइबर, युट्यूबजस्ता सामाजिक सञ्जालहरूमा व्यापक बहस पनि चलिरहेको छ । सामाजिक सञ्जालमार्फत नै चुनावी प्रचारसमेत सुरु भएको छ । यही सन्दर्भमा अहिले उम्मेदवार एवं राजनैतिक दलको गुणगान गाउने, भोट माग्ने, गालीगलौज गर्ने किसिमका स्टाटस तथा तस्बिरहरू पोस्ट हुन थालेका छन् ।

 

यसरी पोस्ट हुने सामग्रीहरूका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता नै बनाएर कडाइ गर्न थालेको छ । निर्वाचन आचारसंहिताको दफा १४ को (ञ) मा उल्लेख भएअनुसार ‘उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबुक, ट्विटर, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्ने,’ भनिएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार निर्वाचन आयोग ऐन–२०७३ को दफा २३ अनुसार आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई प्रथमत: रोक्न आदेश दिनेछ । आदेश उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।

 

आचारसंहिता सरकार, राजनैतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी एवं गैरसरकारी संस्थालाई मात्र नभै सामाजिक सञ्जाल चलाउने व्यक्तिहरूमा पनि लागू हुने बताइएको छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचारसंहिताविपरीत हुने भएकाले आयोगले यसतर्फ पनि सजग गराएको छ।

प्रकाशित :वैशाख १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्