माग्नेकी कलाकार बूढी

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७४

 

केदार घिमिरे अर्थात् माग्नेबूढा नेपाली दर्शकमाझ लोकप्रिय नाम हो । चोटिला संवाद बोलेर दर्शकको मन जित्ने यिनै माग्नेबुढाकी धर्मपत्नी सीतादेवी घिमिरे पनि कलाकारितामा आएकी छिन् । कलाकारिताका लागि सीताले श्रीमान् केदारकै बाटो अर्थात् अभिनयलाई रोजेकी छिन् । त्यसो त एकताका ‘मेरी बास्सै’ श्रृंखलामै माग्नेबूढाकी श्रीमती मैयाँकी सौता अर्थात् माग्नेकै दोस्री श्रीमतीको भूमिका निर्वाह गरेर उनले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन् । यतिबेला उनी आफ्नै श्रीमान् केदार तथा विल्सनविक्रम राईद्वारा निर्देशित हास्यश्रृंखला ‘खासखुस’ मार्फत दर्शकमाझ आएकी छिन्, जसमा उनले सीताकै भूमिका निर्वाह गरेकी छिन् । यो श्रृंखलामा उनले ‘ए उल्का अचम्म’ थेगोमार्फत दर्शकको मन जितिरहेकी छिन् । श्रृंखलाको अभिनयबाहेक सीतालाई अचेल स्टेज कार्यक्रममा समेत देख्न थालिएको छ । यसबीच सीताले  केदार घिमिरेको शब्दमा ‘आज मैले भात पकाउनु भनें बूढालाई’ तथा ‘मलाई माग्न आ’को केटा’ शीर्षकका दुई गीत रेकर्ड गराएकी छिन्, जसलाई क्रमश: शिवराम बजगाईं तथा हरि लम्सालले संगीतबद्ध गरेका छन् ।

 

प्रकाशित :वैशाख १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्