वयष्क चलचित्रमा एचआईभीको त्रास

- एजेन्सी

वैशाख १९, २०७४- 

अमेरिकामा कार्यरत वयष्क चलचित्रका एक अभिनेतामा एचआईभी परीक्षण गर्दा सकारात्मक नतिजा आउने देखिएपछि अहिले वयस्क चलचित्रको सम्पूर्ण छायांकन स्थगित गरिएको छ । एचआईभीको संक्रमण भएका ती अभिनेताको नाम गोप्य राखिएका कारण पनि वयष्क चलचित्र छायांकन हुन नसकेको बताइन्छ । पछिल्लो समयमा कुनै पनि यौनरोगको संक्रमण नहोस् भनेर विशेष परीक्षणको व्यवस्था गरिएको थियो । अमेरिकाको वयष्क चलचित्रको व्यापार हेर्ने फ्री स्पिच कोअलिसनले ती कलाकारको स्वास्थ्य परीक्षणको थप रिपोर्ट नआएसम्म कुनै पनि छायांकन नगर्ने जनाएको छ ।

 

सन् २०१६ मा क्यालिफोर्नियाका एक अभिनेताको स्वास्थ्य परीक्षण गर्दा एचआईभी देखिएको थियो । पहिलो परीक्षण गर्दा नेगेटिभ देखिएको २२ दिनमै उनमा एचआईभीको संक्रमण देखा पर्‍यो । त्यस क्रममा उनले १२ जनासँग अभिनय गरेका थिए भने बाहिरका ५ जनासँग सम्पर्क राखेका थिए ।

प्रकाशित :वैशाख १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्