तक्मेको कन्फिडेन्स

- साप्ताहिक संवाददाता

वैशाख १८, २०७४-

तक्मे बूढाको उपनामले लोकप्रिय अभिनेता हुन्— विल्सनविक्रम राई । मेरी बास्सै श्रृंखलामार्फत दर्शकको मनमा बस्न सफल यी अभिनेताले हास्य तथा चरित्र अभिनेताका रूपमा थुप्रै चलचित्रमा पनि अभिनय गरेका छन् । हालै एउटा हिन्दी चलचित्रमा समेत काम गरेका विल्सन यतिबेला निर्माता तथा अभिनेताका रूपमा दर्शकमाझ आउने तयारीमा छन् । जेठमा प्रदर्शन हुने चलचित्र ‘रातो घर’ का मुख्य अभिनेता मात्र होइन, निर्मातामध्येका एक हुन्— विल्सन । यो चलचित्रले दर्शकको मन जित्ने कुरामा आत्मविश्वासी देखिएका विल्सन चलचित्र रातो घरको ओभरसिज रिभ्युका कारण पनि उत्साहित भएका हुन् । ‘युरोप र अमेरिकामा बसोबास गर्ने दर्शकहरूले मन पराइसक्नुभएको छ,’ निर्देशक सुरज सुब्बा नाल्बो समेत विल्सनसँगै आफ्नो चलचित्रप्रति कन्फिडेन्ट देखिन्छन् ।

 

प्रकाशित :वैशाख १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्