पुस्तक दिवसमा पुस्तक साटासाट
वैशाख १८, २०७४
पोखरामा विश्व पुस्तक दिवस पुस्तक साटासाट गरी मनाइएको छ । उक्त अवसरमा र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल तथा सामाजिक जागरणका लागि नारी अभियानले छुट्टाछुट्टै कार्यक्रम आयोजित गर्दै एक–अर्कासँग पुस्तक साटासाट गरी पुस्तक दिवस मनाएका हुन् । दुवै संस्थाको उद्देश्य पठन संस्कृतिको विकास गर्नु थियो । सहभागीहरू आफूलाई मन परेको पुस्तक साथ लिएर कार्यक्रममा पुगेका थिए । कार्यक्रममा विभिन्न लेखकका अंग्रेजी, नेपाली तथा हिन्दी भाषाका पुस्तक साटासाट गरिएको थियो ।
प्रकाशित :वैशाख १८, २०७४












तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्