मामा बन्दै सैफ
वैशाख १७, २०७४
गत मंसिर महिनामा अभिनेता सैफ अली खान बुवा बनेका थिए । करिना कपूरले छोरा तैमुरलाई जन्म दिएपछि यो मंसिरमा भने सैफकी बहिनी सोहा अलि खान आमा बन्ने भएकी छिन् । सोहाका श्रीमान् कुणाल खेमुले उक्त खबरको पुष्टि गर्दै यो प्रसंगलाई ‘ज्वाइन्ट प्रोडक्सन’ भनेका छन् । कुणालका अनुसार सोहा गर्भवती छिन् र उनी मंसिरसम्ममा आमा बन्ने सम्भावना छ । कुणाल र सोहा साढे दुई वर्षअघि वैवाहिक जीवनमा बाँधिएका थिए । लामो समयको रोमान्सपछि उनीहरूले वैवाहिक जीवन प्रारम्भ गरेका हुन् ।
प्रकाशित :वैशाख १७, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्