नेपालमै सकिन्छ

- साप्ताहिक संवाददाता

वैशाख १७, २०७४- 

पत्रकार रोहित भण्डारीद्वारा लिखित नेपालमै सकिन्छ पुस्तकको अगाडि लेखिएको छ– ‘प्रेरक व्यक्ति, प्रेरक सन्दर्भ’ । यो पुस्तक पढिसक्ने हरेक पाठकलाई कतै न कतै आफूलाई प्रेरणा मिलेको महसुस हुन्छ । तीन खण्डमा बाँडिएको यो पुस्तकभित्र नाम सुनिएका, चर्चित र कुनै ठूला व्यक्तिहरूको कथा छैन । बरु सडकमा जुत्ता पालिस गर्ने, पुस्तक बेच्ने, गुन्द्रुक र आलु बेच्नेहरूको रोचक कथा छ । थोरै रकम लगानी गरेर राम्रो पैसा आर्जन गरेका सफल व्यक्तिहरूका रोचक कथा पढ्दा पाठकहरूमा उत्साह थपिन्छ । विदेशको पीआर तथा ग्रिन कार्ड छाडेर नेपालमा सुन्तला र माछाको व्यापार गर्नेहरूको कथाले नेपालमै केही गर्ने उत्प्रेरणा मिल्छ । खण्ड तीनमा डिग्री उत्तीर्ण गरेर टायर मर्मत, खरायोपालन, हजाम, टेलरिङ तथा पेन्टिङ व्यवसाय गर्नेहरूको कथा समावेश छ । जयकाली प्रकाशनको यो पुस्तकको मूल्य ३ सय रुपैयाँ छ ।

प्रकाशित :वैशाख १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्