सबै प्रतियोगीलाई उपाधि

- साप्ताहिक संवाददाता

वैशाख १६, २०७४- 

पुष्पाञ्जली फेसन एन्ड इभेन्टले पोखरा सभागृहमा आयोजना गरेको मिस कल्चर पश्चिमाञ्चलको उपाधि मञ्जु थापाले हात पारेकी छिन् । उक्त प्रतियोगितामा फस्ट रनर्सअप किरण थापा तथा सेकेन्ड रनर्सअप पुनम गुरुङ भए भने थर्ड रनर्सअप सरिता तामाङ तथा फोर्थ रनर्सअप कालिका जिटी भए ।

अधिकांश प्रतियोगितामा फाइनलमा पुगेका सबैजसो प्रतियोगीलाई पुरस्कार प्रदान गरेर खुसी पार्ने चलनबाट पुष्पाञ्जली फेसन एन्ड इभेन्ट पनि अछुतो रहन सकेन ।

 

प्रकाशित :वैशाख १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्