तीन वर्षको विश्रामपछि पलेँटी

- साप्ताहिक संवाददाता

वैशाख १६, २०७४- 

आधुनिक नेपाली संगीतको विकासक्रम सम्झाउने र यसको स्वर्णिमकालको उपासना गर्ने मञ्च ‘पलेँटी श्रृंखला’ फेरि सुरु हुने भएको छ । सर्जकहरूको सम्मानमा उनीहरूकै उपस्थितिसहित प्रस्तुत हुने यो सांगीतिक कार्यक्रमले झन्डै तीन वर्ष विश्राम लिएको थियो । अंग्रेजी क्यालेन्डरअनुसार हरेक महिनाको अन्तिम शुक्रबार सञ्चालन हुने परम्परालाई नै निरन्तरता दिँदै यसपालि अप्रिल २८ तारिख (वैशाख १५ गते) मा यसको पुनरागमन कालिकास्थानस्थित पुरानै कक्ष आरशालामा हुँदैछ । यसपालि पलेँटीमा कवि तथा गीतकार दिनेश अधिकारीको उपस्थितमा उनका सिर्जनाहरू प्रस्तुत हुनेछन् ।

 

कवि, गायक एवं संगीतकार आभासको सक्रियतामा सन् २००५ मा प्रारम्भ भएको पलेँटीमा एक वर्षसम्म उनको मात्र प्रस्तुति समेटिएको थियो । २००६ देखि यसले आधुनिक नेपाली संगीत जगतका अग्रज कलाकारहरूलाई समेटेर अघि बढ्ने लक्ष्य सहित ‘पलेँटी श्रृंखला’को रूप लियो । त्यस क्रममा ४१ जना कलाकार नेपालयको आरशालामा प्रस्तुत भए । लोकप्रिय सांगीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाउने क्रममा पलेँटी श्रृंखलाको व्ययभार बेहोर्ने घोषणा गरेपछि यसलाई फेरि सुचारु गर्न लागिएको हो । सुचारु हुन लागेको पलेँटी श्रृंखलामा गीतकार, संगीतकार तथा गायक–गायिकाहरूका सिर्जनालाई गायक आभास, गायिका मीना तथा योगेन्द्रले सुनाउनेछन् ।

 

प्रकाशित :वैशाख १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्