बौद्धिक अपाङ्गहरूको सांस्कृतिक प्रस्तुति

- साप्ताहिक संवाददाता

वैशाख १६, २०७४-  

हाम्रो समाजमा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण अझै राम्रो छैन । यद्यपि गत शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू छमछमी नाचे, दर्शकको माया बटुले अनि रमाए ।बौद्धिक अपाङ्गता विविध सांस्कृतिक साँझ–२०७४ मा सेवा केन्द्रमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाको नृत्य मुख्य आर्कषण थियो । उनीहरूले विभिन्न गीतमा नृत्य गर्दै माया, साथ, सिकाइ र प्रोत्साहन पाए केहि गर्न सक्छौं भन्ने कुरा सावित गरे ।

 

उनीहरूलाई स्टेजमा उतारेर प्रस्तुति दिन प्रशिक्षक अनिता गुरुङले मेहनत गरेकी थिइन् ।
कार्यक्रममा गायक कर्णदास, सातौं बिग आइकन विजेता सुवास गुरुङ तथा उनको ब्यान्ड सैनिक जेभिएर एवं प्रिया गुरुङको प्रस्तुति पनि समेटिएको थियो । उक्त अवसरमा हिमाली सांस्कृतिक परिवार, नटराज संगीत तथा कला प्रशिक्षण केन्द्रको नृत्य, दीपक थापाको हास्य प्रहसन एवं जादुले थप मनोरञ्जन प्रदान गर्‍यो ।

 

प्रकाशित :वैशाख १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्