जयमायाको लिखापानी यात्रा

- साप्ताहिक संवाददाता

वैशाख १६, २०७४-
दोस्रो विश्वयुद्धताका जापानी सेना तत्कालीन बर्मामा कब्जा जमाउँदै अगाडि बढेपछि त्यहाँ पुस्तौंदेखि बसेका नेपालीहरूले थातथलो छाड्दाको संघर्षपूर्ण कथालाई नाटकका रूपमा अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन गरिँदैछ । सोमबारबाहेक हरेक साँझ मञ्चन भैरहेको रंगकर्मी सुनिल पोखरेल निर्देशित नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नेपाली साहित्यमा छुट्टै उचाइ बनाएका इन्द्रबहादुर राईको कथाको नाट्य–रूपान्तर हो । वैशाख ३१ गतेसम्म मञ्चन हुने यो नाटकमा १७ जना कलाकारले अभिनय गरेका छन् । 

प्रकाशित :वैशाख १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्