एकल गायनमा गर्बुजा

- साप्ताहिक संवाददाता

वैशाख १५, २०७४- 

लोकगायक खड्ग गर्बुजा भोलि शनिबार प्रज्ञा–प्रतिष्ठानबाट आयोजना हुने एकल लोकगायनमा प्रस्तुत हुने भएका छन् । कार्यक्रममा गर्बुजाले वाद्यवादकहरूको समूहसँगै २१ वटा गीत प्रस्तुत गर्नेछन् । म्याग्दी कलाकार समाज, काठमाडौंले आयोजना गर्न लागेको एकल गायन कार्यक्रममार्फत आफूले हराउँदै गएको मौलिक लोकसंस्कृतिलाई पुन: सम्झाउने गायक गर्बुजा बताउँछन् । कार्यक्रममा गर्बुजाले सालैजो, कौरा, यानीमाया, ठाडो भाका तथा रोइला, शिरफूल भाका, साहिंलो भाकाका गीत प्रस्तुत गर्ने बताइन्छ । 

 

प्रकाशित :वैशाख १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्