क्षत्रीको ‘नमस्ते काठमाडौं’ तयार

- साप्ताहिक संवाददाता

वैशाख १४, २०७४

चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको साग्रह ‘नमस्ते काठमाडौं’ पस्कदैछन् । कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई साग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताएका छन् । दुई दशक भन्दा लामो समय देखि  अखबारी पत्रकारितामा सक्रिए क्षत्रीको कथा सम्बन्धि यो पहिलो साग्रह हो । 

यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न बर्गको कारुणिक पीडालाई कथामा बुनिएको पनि क्षत्रीको भनाईछ । यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बााच्न विवस भएकाहरुलाई साग्रहका कथाहरुले अन्याय बिरुद्ध लड्न र नयाा प्राप्ति गर्न हौसला दिने पनि क्षत्रीको भनाई छ ।

 

प्रकाशनका लागि प्रेसमा गईसकेको यौन बिद्रोहको कथा संग्रह ‘नमस्ते काठमाडौं’ २० बैशाखबाट पुस्तक पलसमा पाईने पनि कथाकार क्षत्रीले जानकारी गराएका छन् । साग्रहमा १८ ओटा कथा छन् । डिमाई साईजको यो साग्रह २ सय ४० पृष्ठको रहेको छ ।  यसको मूल्य ३ सय ५० रुपैयाँ रहेको पनि उनले जानकारी गराए । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।  पुस्तकलाई चाँडै नै भव्य समारोहबीच आधिकारिक रुपमा बिमोचन गरिने पनि कथाकार क्षत्रीले जानकारी गराए । 

 

प्रकाशित :वैशाख १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्