Teej banner

जुनसुकै कुरामा आलोचना गर्नु नेपालीको विशेषता हो

- साप्ताहिक संवाददाता

वैशाख १४, २०७४

 

प्रियंका र आयुष्मानको कथा रोचक लाग्यो (फ्रन्टपेज : माया त माया हो) । दुवैको चाहना पूरा होस् ।

कविता

मनोज गजुरेलले नेताहरूका बारेमा गरेको सटीक टिप्पणी मन पर्‍यो । (गजुरियल विश्लेषण : गज्जब खबर) मन्त्री भन्नाले मनैदेखि देश र जनताको चिन्ता लिने पदलाई बुझिन्छ, तर नेपालमा त्यसको ठीक विपरीत आफू र आफ्नाहरूका बारेमा चिन्ता लिनेहरू मात्र छन् ।

मनिला

हाउ फन्नी टप ५ चलचित्रमा परेको देख्दा लास्टै हाँसो उठ्यो (लोकप्रियताको मापक बन्यो युट्युब) । अरू केही राम्रा चलचित्र छुटे कि !

राज बानियाँ

(यो हामी आफैंले तयार गरेको सूची होइन । युट्युबमा राखिएका नेपाली चलचित्रमध्ये सर्वाधिक हेरिएका चलचित्रको सूची हो, जुन युट्युबले आफैं उपलब्ध गराउँछ । —साप्ताहिक)

नयाँ वर्षले तपाईंहरूको लक्ष्य पूरा गरोस् (नयाँ वर्ष, नयाँ संकल्प) । लिइएको सबै संकल्प पूरा होस् ।

सूर्य आङदेम्बे

बधाई छ छेवाङजी (विश्व कीर्तिमानी नेपाली डिजेलाई सम्मान) । अझै प्रगति हुँदै जाओस् ।

लक्ष्मण

अन्य चर्चाभन्दा अलि पृथक भयो सहिद गोविन्द गौतमको मृत्यु (सामाजिक सञ्जालमा जो ट्ेरन्डिङ भए) । गौतमलाई देशले कहिल्यै भुल्नेछैन ।

घनप्रसाद

केही तीता, केही मीठा घटना भए (कसरी सम्झने २०७३ लाई ?) । समग्रमा वर्ष २०७३ लाई सकारात्मक रूपमा लिनुपर्छ । नयाँ वर्ष पक्कै अझ राम्रो हुनेछ ।

तेजेन्द्र बोहरा

धुर्मुस–सुन्तलीजस्तै अरूले पनि थालनी गर्ने हो भने देशमा ठूलै परिवर्तन आउने थियो (आलोचनाले अक्सिजनको काम गरेको छ) । यो घटनाले सरकार–नेतालगायत धेरैलाई गतिलो पाठ सिकाएको छ ।

सरिता

अशोकजीलाई बधाई छ (अशोकलाई मिस्टर हिमालयको उपाधि) । अन्य प्रतियोगितामा पनि तपाईंलाई सफलता मिलोस् ।

वासुदेव

यी ग्याजेट्सको मूल्य पनि उल्लेख गरिएको भए हुने थियो (धेरैको रोजाइमा परेका महँगा मोबाइल) आगामी अंकमा अन्य ग्याजेट्सका बारेमा पनि जानकारी दिनुहोला ।

राजन

जुनसुकै कुरामा आलोचना गर्नु नै कतिपय नेपालीको विशेषता हो (अन्तर्वार्ता : आलोचनाले अक्सिजनको काम गरेको छ) । तपाईंको कामप्रति हामीलाई गर्व छ ।

जेनिस विष्ट

निश्चय नै नेपाली सांगीतिक क्षेत्रमा चलचित्रकै गीत बढी हावी भए (चलचित्रकै गीत हावी भएको वर्ष) । म्युजिक भिडियो जति बने पनि खासै गुणस्तरीय भिडियो हेर्न पाइएन ।

राधा खनाल

सुन्दर ट्याटु । यति ठूलो सम्मेलन नेपालमा आयोजना हुनु सुखद कुरा हो । यो ट्याटु आर्टलाई नै पेसा बनाएर अघि बढ्न सकिन्छ भन्ने बलियो उदाहरण हो ।

कोमल थापा

नेपालीहरूका लागि यो खुसीको कुरा हो (अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली) । अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरूले जुन राम्रो छाप छाड्न सके, त्यो प्रशंसनीय छ । अझै मनोबल बढाएर अघि बढून्— शुभकामना ।

रमेश ढुंगाना

प्रकाशित :वैशाख १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्