नागिन–३ मा पनि मौनी

- एजेन्सी

वैशाख १४, २०७४-
दर्शकहरूले अत्यन्त रुचाएको हिन्दी श्रृंखला ‘नागिन–२’ को प्रसारण असारदेखि टुंगिदै छ । यो धारावाहिक प्रसारण हुने समयमा एकता कपूरको धारावाहिक ‘चन्द्राकान्ता’ प्रसारण हुनेछ । आउँदो तिहारपछि मात्र नागिनको तेस्रो सिजन प्रारम्भ हुने बताइन्छ । नागिनको नयाँ सिजनमा अधिकांश कलाकार नयाँ हुनेछन् । नागिनको भूमिकामा भने मौनी राय नै दोहोरिने निश्चित छ । दर्शकले नागिनका रूपमा मौनीलाई असाध्यै मन पराएपछि एकता कपूरले उनलाई नयाँ सिजनका लागि समेत तयार हुन आग्रह गरिसकेको बताइन्छ ।

 

प्रकाशित :वैशाख १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्