मेरो भविष्य उनीहरूले बनाए

- गोपाल काफ्ले

वैशाख १२, २०७४

 

स्नेह आश्रमले के गर्छ ? 

भूकम्पमा आमा–बाबु गुमाएका बालबालिकालाई कृत्रिम बाबु–आमा दिलाएको छ ।

 

कृत्रिम भन्नाले ?

इकु र इकुकी श्रीमती सम्झना शंकर हामी दुई उनीहरूका आमा–बुबा बनेका छौं ।

 

उनीहरूलाई आश्रय दिनुको कारण ? 

केही छैन, मात्र यति हो, म आज यो ठाउँमा बालबालिकाका कारणले आएँ, मैले कमाएर लाने केही होइन । जति कमाउनु बालबालिकाहरूले कमाइदिसके, मैले त्यसैको गुन तिर्न खोजेको हुँ ।

 

गार्‍हो होला नि ?

आर्थिक कठिनाइ त छ, म एक्लैले धान्नु छ तर छोराछोरी हुन पाल्नचाहिँ गाह्रो छैन । भगवान्ले ‘तँ चिता म पुर्‍याउँछु’ भन्नुभा’ छ ।

 

संघ–संस्था तथा साथीभाइबाट सहयोग ? 

संघ–संस्थाबाट चाहिँ छैन, केही साथीभाइबाट सानोतिनो सहयोग पाएको छु ।

 

आश्रममा कति जना बालबालिका छन् ? 

९ जना ।

 

यसमा तपाईंको उद्देश्य के हो ? 

मेरो भविष्य उनीहरूले बनाए, उनीहरूको भविष्य मैले बनाउने हो ।

 

एक्लैले पालन–पोषण गर्न गाह्रो होला नि ? 

सुरुवात गरें । मेरी बूढी सम्झना र एक जना सहयोगीले सहयोग गरेका छन् । उनले स्याहार–सुसार गर्छिन् । बच्चाहरू ज्ञानी छन् । म बाहिर स्टेज कार्यक्रममा हुन्छु । चलेकै छ, हेरौं के हुने हो ? भोकै बस्छु तर उनीहरूलाई बचाउँछु ।

 

बाधा–अवरोध त आउँछन् होला नि ? 

मजस्तो एउटा सामान्य कलाकारले सामाजिक काम गरेको छु, हौसला पाएको छु, बाधा छैन ।

 

आश्रम कहाँ छ ?

काठमाडौं जोरपाटीको मूलपानीमा ।

 

तपाईं त कलाकार, सहयोगीहरू भेट्नुहुन्न र ?

धेरैले गर्छु भन्नुभएको छ, गर्नुहुन्छ होला । मैले त पालेको मात्र हो, तिनीहरू आमजनताका छोराछोरी हुन । सहयोग गर्नु होला, मरेर लानु के छ र ? 

प्रकाशित :वैशाख १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्