बाहुनकी छोरी म क्षेत्रिको छोरो...

- काशी भुसाल

वैशाख ९, २०७४-लेखक : काशी भुसाल                        

 

ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महीने फेसबूक मित्रतामा ऊ सँगको एकदिनको  च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका थियौ। ऊ सिन्धुपालचोककी म प्युठानको, ऊ बाहुनकी छोरी म क्षेत्रिको छोरो...

हामी भेट्ने चाँजो गर्यौ.......

 

आज सुन्धाराको 'द ब्यकरि क्याफे' को ईनडोर दुई राता शोफा सिटमा ऊ र म आमने सामनेर भदौको दोस्रो साता तिरको ऊखरमऊलो गर्मीमा केहि सालिन तर बैजनि व्आन पिसमा केहि आत्मविश्वास भरिएकी फेसबुके साथी सँग पहिलो डेटिंग। ओठमा फिक्का कलेजि लिपिस्टिक,आँखि भौंलाईअर्ध ईन्नद्रेणी आकार झैं तिखारेकी गाजलले आँखालाई अलि कामुक गर्दै परेलिलाई अलि ऊचालेर बैजनि रइृंले सिंगारेकी...देब्रे हातको हत्केलामा 'खुस्शी 'कोरेको टाटूस सेतो सामसूँगको स्मार्ट मोबाईल ससअनि आधा खैरो र रातो गरि नबादि छोडेको रइंगिन स्यागि  कपालस्स् म ऊसको सुन्दरतामा डूब्दै रहे......।।मैले सोचे भन्दा केहि फ़रक पक्कै थिई तर भर्खरै कुपुकक निलुम जस्तै मिठो वासनाले प्रिय बन्दै थिई.....!!

 

म सुभिन ,ऊ ख़ुशी......अनायास् कोरिएको सम्बन्ध।।। ऊसका कामुक तस्विर लाई सम्झे।। जो ऊसले म सँग एऊटा विश्वास राखेर सेयर गर्थी,।।।। सर्त मैले डिलेट गर्नु पर्ने१ ऊसकी हजूर मेरी तिमी बनिसकेको थियो सम्बन्ध.....

 

मेरो आँखा र मनको अन्तरंग लाई ऊसको हाऊ(भाऊले केहि रंगिन बनाऊदै थियो, अगाडीको मेन्यू लाई इंगित गर्दै मेरो एकोहोरो ऊ प्रतिको एकाग्रता ऊसैले भंग गरि....

...के खाने...? केहि बेरको सुन्यतालाई ऊसैले तोडि..!!

....म त भेज, तिमी भेज कि नन्-भेज?

आजलाई म पनि भेजनै भईदिन्छु...। ऊसले मै प्रति सदासयता देखाएझैं गरि.. म नि के कम..गमक्क परिहाले...

म फ़्रेंच फ्राई...आफ्नो मेन्यू फिक्स गरे...

 

अंमम... म चाँहि साऊथ ईन्डियन मेन्युको पारखी,

 डोसा..। तर मसला वाला है.।।ऊसले आफ्नो रोजाई नि सुनाई.।

छेऊमै अघि देखि ऊभिराखेको लिखुरे ओईटर अलि निऊरियो...म्याम यति मात्र...:

दुई गिलास पानि पनि...यसमै थपिदेऊ नत्.। मैले ऊसको आकंक्षालाई केहि रोमान्चित गर्न खोजे।

लिखुरे ओझेल नपर्दै ऊसले आफ्नो हॉसो खप्न नसके झैं गरि जोड़ेंले

हॉसी.... लिपिस्टिक ले भरिएका ओठका दुरि केहि बेर दुरिनै रहे...

 

...फेरि वरिपरि हेरि अनि दुबै ओठ बेसरी एकै ठॉऊ थुपारी...अगाडि चोसो निकल्दै भनि।।छुच्चो जति बेला नि रमाईलो गर्न आऊछ हैरु! केहि दिन देखि ऊसले मेरो ऊपनाम राखिदिएकी थिई...

खै कता बाट हो यति सुन्दरी सँग मेरो फेसबुके मित्रता कसिएको।।रुआफ्नै मनलाई आफै खोतले...

लिखुरेले दुई गिलास पानि टक्रायर गयो।

मैले भन्दा पहिले ऊसैले त्यो गिलास आधा गरि।।

खै त आज त हिजो अस्ति च्याटमा रम्ने हजुर किन मौन नी:

अनायास अनपेक्षित प्रश्नले म तितरवितर भएझैं.,

..होईन ..होईन त्यसतो..! मैले केहि स्पष्ट गर्न कोसिस् गरे...

  डोसा मनपर्छरुरु उसले सोधि

-ठिकै..., त्यति खाएकै छैन्..

     किन :: फेरि सोधि

-अवसर नमिलेर...!

 आज त गजबको अवसर छ नि,,,!

-कसरी ? मैले प्रश्न गरे,

  म सँग सेयर गर्ने..ऊसले अवसरको अफर गरि...

-जूठो...: मैले ब्यइंग सैलिमा आश्चर्य जनाए।

    जूठो भने र..:ऊसले ऊस्तै जवाफ दिई,

-सेयर भनेपछि त्यहि त होला नि भनेर...मेरो फिस्स हॉसो सँगै ऊसलाई अझ बेजोडको तर्क थपिदिए..,

फेरि छुच्चो।। सासैले आभास हुने गरि आवाज ननिकालि ओठ थुपारेर छोडि।।

भाई...ऊत्ता छेऊमा ऊभिराखेको लिखुरेलाई ईसारा गरि...

...हजुर म्याम्१ ऊ आज्ञाकारि झैं उसैको छेऊ पुगेर आदेश सोध्यो..!

 

लस्सी छ कि नाई...:

छ..!

म पर्ति हेर्दै सोधि।। ओ हिरो हजुर नि लस्सी पिऊने...:

(नाई,मैले ईन्कार गरे.

किन..:,एक्लै त कसरी खाने..:

( सेयर गरुलानि.. तिमी एऊटा अर्डर गर न्..।म नि के कम मौका पाईहाले..

बदमास्..!

लिखुरे एऊटा अर्डर लस्सीमै सिमित हुदैं ओझेल पर्यो..।

 

हाम्रा छेऊछाऊका बस्ने प्राय कुर्ची -टेबल भरिदै थिए... त्यती बेलासम्मनी ऊ अरूका जोडी भन्दा हेर्न लायकनै थिई..

लिखुरेले ल्याएको मेरो अर्डर .. ऊसको डोसा.. टेबलमा घट्दै थियो..

चिस्सो लस्सी टुपुक्क ऊसैतिर नजिक राख्दै।।फिस्स हाँस्दै ऊ अर्कों टेबल तिर मोडियो..।

लस्सी पिउनुन्... मलाईनै अर्डर गरेझैं ऊसले आफूतिरको गिलास म तिर टुपुक्क पारि...

-होईन लेडिज फस्ट् ...

भो-भो पर्याछैन् फस्ट् हुन... आज हजुरनै फस्ट् बन्नुस् त हेरुम..

मैले केहि नबोलि सुरुप्प ताने चिस्सो दिमाखमै पुगेर फर्के जस्तो...!

..माहौल रोमान्चित हुदै थियो।।...

ऊसको जुठो मेरो जुठो...चल्दै गयो..।

तिम्रो जुठो त अलि मिठो मिठो पो रै छ त१ मैले जिस्किने बहाना गरे.!

हो नि... ! ऊसले नि थपि..!

-मिठो खाने बानिले तिम्रो जुठो खान पल्के भने..?

बदमास्... त्यति मात्र भनेर सुरुप्प लस्सी तानि..अलिकति छ सुरुप्प पार्दिनु...मलाई बिनम्र गरि...

म टेलाए झैं ऊसको यो आग्रहलाई वेवास्ता गर्दै थिए..

किन डराएको...:छोरि पाँउछु भनेर हो कि क्या हो:: गजबले डाईलग मारि...

 

-मैले पाऊने हो त...: खोई केटाले नि बच्चा पाऊछन् र..: म नि के कम..१मारिदिए फ़िल्मी डाईलग्

एकछिन् अवाक् बनि....

बदमास्...! 

   दोस्रो ऊपनाम सुम्पेर बिट मारि..!

व्आस् रुमको संकेत गर्दै ऊसले आफ्नो पातलो सरिर जरुक्क ऊचालि...ऊ देखिन्जेल मैले नि ऊसको पिठ्यूमै भएनि नज़र राखिरहे..

अगाडिका डोसा र फेर्न्च फ्राईका रित्ता पेलट् लिखुरेले समेल्दै थियो..

सर्..! ऊसले मेरो एकाग्रता भंग गर्यो ..

 भन भाई...,मैले ऊसको ऊत्सुकता प्रति ध्यान दिए...

अघि यॉहा वस्ने हजुरकी गर्लफ़्रेण्ड: उसले साहसै गरिदियो सोध्ने..

मैले टाउको हल्लायरै ऊसको जिज्ञासालाई सहि हो भन्ने भान गरिदिए..।

निकै राम्री हजुरकी गर्लफेन्ड..., ऊ आफै रोकियो....टेबल पुछेर ऊ म तिर फिस्स हाँस्द....

मेरो थ्याइंक्यू पनि ऊसले वास्ता नगरी ओझेल पर्यो।

लामो सास् तान्दै मेरि पहिलो फेसबुके डेट मेरो छेऊमै वसि...

अघि सम्म आमुने सामने... व्आस् रूम पछिको बसाई मेरो समिपमै...।,

बोर भयो र हजूरलाईरु मेरै नजिकै ओठनै ठोकुलाझैं गरि मेरो चिन्ता गरेझैं गरि...सानो आवाजले सोधि..

...होईन, भएन बोर.. तर कति बेर लगाकी नि...:

केटी लाई केटालाई झैं का सजिलो छ र..:

.. कसरी...: मैलेपनि नजाने झैं अनभिज्ञता गरे..,

नजिकै मेरो काननिरै मुख जोड़ि...

पिरियड भाछु क्या.... अनि चेन्ज गर्नु परेन त...::

गजबले खुलेरै सुनाई...

अनि के चेन्ज गर्नु पर्छ र...:: नबुझेझैं उत्सुकता पुर्वक सोधे...

बदमास्....! मेरो अपेक्षा ऊसले राखिदिएको ऊपनामले भंग गर्यो..।

(हाल अष्ट्रेलियामा बसोबास गर्ने लेखक भुसालको प्रकाशोन्मुख कृति 'क्याफे गफ'को एक अंश )

प्रकाशित :वैशाख ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्