वरिष्ठ वयष्क अभिनेत्रीको संन्यास

- एजेन्सी

वैशाख ९, २०७४

जापानमा निर्माण हुने वयष्क चलचित्रवाट एक वरिष्ठ नायिकाले संन्यासको घोषणा गरेकी छिन् । पूर्व ओपेरा गायिका माओरी तेजुका ७१ वर्षको उमेरमा जापानमा निर्माण हुने वयष्क चलचित्रमा प्रवेश गरेकी थिइन् । उनले ८० वर्षको उमेरमा आएर हालै संन्यासको घोषणा गरेकी हुन् । जापानमा लोकप्रिय मानिने ‘सिल्भर पोर्न’ मा अभिनय गर्ने माओरीले एक परिचितको माध्यमबाट उक्त चलचित्रमा अभिनय प्रारम्भ गरेकी थिइन् ।

 

आफूलाई काम मन पर्ने र वयष्क चलचित्रमा अभिनय गर्नु पनि एक किसिमको काम नै भएको उनको बुझाइ छ । वयष्क चलचित्रमा आएपछि उनले आफ्नो एक अन्तवार्तामा आफू केही दशकसम्म यही क्षेत्रमा सक्रिय रहने बताएकी थिइन् । तेजुको आफ्नो उमेरका अभिनेता पाउन छोडेपछि धेरै उमेर अन्तर भएका अभिनेतासँग काम गर्न अप्ठ्यारो भएको बताउँदै संन्यासको घोषणा गर्नुपरेको कुरा उल्लेख गरेकी छिन् ।

प्रकाशित :वैशाख ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्