बन्ने भो नेप्टे

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७४-
अभिनेता रोहित रुम्बाको लगानीमा निर्देशक देवकुमार श्रेष्ठले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै चलचित्र ‘नेप्टे’ निर्देशन गर्ने घोषणा गरेका छन्, जसमा दयाहाङ राई, छुल्ठिम गुरुङ तथा रोहित रुम्बाको मुख्य भूमिका रहनेछ ।

रातोघरको प्रोमो
विल्सन विक्रम राईद्वारा निर्मित चलचित्र ‘रातो घर’ को प्रोमो सार्वजनिक भएको छ । जेठ १९ गतेदेखि प्रदर्शनमा आउने सुरज सुब्बा नाल्बोद्वारा निर्देशित यो चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर आदि कलाकारले अभिनय गरेका छन् । 

जालोको टिजर 
जेठ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘जालो’ को टिजर सार्वजनिक भएको छ । दुई घण्टाको अवधिमा एकै सटमा छायांकन गरेर विश्व कीर्तिमान कायम गरेको दाबी गरिरहेको यो चलचित्रको निर्देशन अराज केशवले गरेका हुन् जसमा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्ताराम आचार्य, भीष्म जोशी आदि कलाकारले अभिनय गरेका छन् । 

छातीमा लागेको 
भुटानी शरणार्थीको कथामा बनेको प्रकाश आङ्देम्बेद्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’ को ‘छातीमा लागेको माटो त’ गीत सार्वजनिक भएको छ । श्रवण मुकारुङको शब्द, आभाषको संगीत तथा स्वरुपराज आचार्यको स्वरको उक्त गीतमा बाबु बोगटी, हेमन्त बुढाथोकी आदि कलाकारले अभिनय गरेका छन् । 

हिरो रिटन्र्स
अभिनेता सविन श्रेष्ठद्वारा निर्मित चलचित्र ‘हिरो रिटन्र्स’ को टिजर सार्वजनिक भएको छ जसमा सविन श्रेष्ठ, रेखा थापा, दिल श्रेष्ठ तथा सरोख खनालले मुख्य भूमिका निर्वाह गरेका छन् । आशीष भेटवाल यो चलचित्रका निर्देशक हुन् । 

डायरीसँग क्रिउ 
जेठ ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘डायरी’ मा समाविष्ट अल्मोडा राना उप्रेतीको स्वरको ‘माया माया’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा कार्टुन क्रिउले कभर डान्स गरेको छ । अनिल योञ्जनको निर्देशनको यो चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ तथा सन्नी सिंह मुख्य भूमिकामा छन् । 

 

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्