ढोके प्रदर्शनी

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७४-

त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय ललितकला विभागको भवनका ढोकाहरूमा कलाकार उपकार घमालले डोर एक्जिबिसन अर्थात ढोके प्रदर्शनी गरिरहेका छन् । कलाकार घमालका अनुसार कालो रेखाले सेतो पानामा कोरेर बनाइएका आकृतिलाई ढोकामा टाँसेर जीवनको महत्व दर्शाउन खोजिएको छ ।

फेबल्स अन द फ्लोर 

परम्परागत विश्वाससँग गाँसिएका छोटा कथाहरूलाई कलाको माध्यमबाट प्रदर्शनीमा प्रस्तुत गरेका छन् । वैशाख १४ गतेसम्म बौद्धस्थित तारागाउँ म्युजियममा जारी रहने संयुक्त प्रदर्शनी ‘फेबल्स अन द फ्लोर’मा कलाकार अनिल सुब्बा, विजय महर्जन, चन्द्र पुन, दावा ओमु लामा ह्याल्मो, जस्मिन राजभण्डारी, पृथ्वी श्रेष्ठ, राजन पन्त, ऋतु थापा, रोशन भण्डारी, सरोज बज्राचार्य, सौरगंगा दर्शनधारी, सुन्दर लामा तथा सुरेश योञ्जनका सिर्जना प्रदर्शित छन् । 

 

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्